Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रदेश २ मा २२ जना कोरोना संक्रमित थपिए

प्रतिक्षा खबर
२०७७ जेष्ठ २३, शुक्रबार १८:३२

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा २२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा ३ र ९ बर्षका बालक, एक महिला र अन्य १९ जना पुरुष छन् ।
धनुषामा ४ जना, महोत्तरी ९ जना, रौतहटमा ६ जना र बारामा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२० देवपुरु रुपैठास्थित जनता माध्यमिक विद्यालयमा देवपुराको क्वारेन्टिनमा बसेका ३ जना र जनकपुरमै बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको छ ।
महोत्तरीको मटियानी नगरपालिकास्थित लक्ष्मीनारायण याज्ञवल्क्य सँस्कृत क्याम्पस क्वारेन्टिनका ८ जना र सोनमा गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–३ मठिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका एक महिला, ३ र ९ बर्षका बालक, ईशनाथ–२ स्थित गंगा जमुना बोर्डिङ स्कुलमा २ जना, गजुरा नगरपालिका–६ स्थित खतबैया मदरसा क्वारेन्टिनमा एक जनामा संक्रमण देखिएको छ ।
बाराको बारागढी गाउँपालिकामा २ जना र विश्रामपुर गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा १८ जना कोभिड–१९ को शंकास्पद संक्रमितको उपचार भइरहेको छ । सिराहाको सिराहा नगरपालिकास्थित कोभिड विशेष अस्पतालमा ५ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड अस्पतालमा ४ जना, महोत्तरीको जलेश्वर अस्पतालमा ८ जना र पर्साको पोखरिया स्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश २ मा हालसम्म १ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
सप्तरीबाट १ जना, धनुषाबाट ५ जना, महोत्तरीबाट ३ जना, सर्लाहीबाट १ जना, रौतहटबाट ३ जना, बाराबाट ९ जना, पर्साबाट ९६ जना र अन्य जिल्ला स्थायी ठेगाना भई यस प्रदेशममा बसोबास गरिरहेका तथा छिमेकी मुलुक भारतका नागरिकहरु समेतगरी ५ जना उपचार पश्चात निको भएर घर फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर