Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

साना पार्टीमा मन्त्री फेरबदलको कलह

प्रतिक्षा खबर
२०८२ भाद्र ९, सोमबार २०:४७

९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा हाल पाँच पार्टी सहभागी छन् । तीमध्ये कांग्रेस र एमालेबाहेकका तीन साना दलभित्र मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल गर्ने विषयले कलहको रुप लिएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मन्त्री परिवर्तन गर्न चाहेका छन् ।

यी दुई दलले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ व्यक्ति पठाउन चाहेका छन् । अर्कोतर्फ, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिएपनि स्वीकृत भएको छैन ।

जसपाले खानेपानीमन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहलाई फिर्ता बोलाउने निर्णय गरेको छ । जसपाका नेताहरूका अनुसार, एकवर्ष कार्यकाल सकिए लगत्तै फिर्ता गर्ने पूर्व सहमति अनुसार उनीहरूलाई हटाएर अरू दुई व्यक्तिलाई जिम्मेवार प्रदान गर्न प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । जसपाले मन्त्री हेरफेर गरेर नयाँ पठाउँदा डा. वीरेन्द्र महतो र रञ्जु झा पठाउने तयारी गरेको छ ।

जसपाका प्रतिनिधि सभामा सात सांसद छन् । जसपाका नेता महतोका अनुसार पार्टीबाट मन्त्री बनाउने बेला नै सहमतिमा हस्ताक्षर भएको थियो ।

‘एक/एक वर्ष मन्त्री हुने भनेर त्यतिबेलै हस्ताक्षर गरेका हौं । शनिबार औपचारिक निर्णय गरेका छौं,’ महतोले भने, ‘दुई जनाको नाम पठाइसकेका छौं । पूर्व सहमति अनुसारको निर्णय हो ।

महतोलाई खानेपानी र झालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाउने गरी नाम प्रधानमन्त्री कार्यालय पुगिसकेको जसपाले जनाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी लोसपाले पत्र लेखेर आफ्नो मन्त्री परिवर्तन गर्न आग्रह गरिसकेको छ । सरकारको एकवर्षे अवधि (२९ असार) अगाडि नै लोसपा अध्यक्ष महन्थ ठाकुरले पत्र लेखेर श्रममन्त्री शरतसिंह भण्डारीलाई हटाउन आग्रह गरेका हुन् । लोसपाले आफ्नो तर्फबाट नयाँ मन्त्रीमा सर्वेन्द्रनाथ शुक्ललाई पठाउने जानकारी प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेको छ । शुक्ल पार्टीमा वरिष्ठ सह–अध्यक्ष छन् ।

लोसपा महासचिव मनिष मिश्रका अनुसार श्रममन्त्री भण्डारीको एकवर्षे कार्यकाल सकिएलगत्तै पार्टीबाट अर्को व्यक्तिलाई मन्त्री बनाउने सहमति बनेको छ ।

मिश्र भन्छन्, ‘मन्त्रालयमा उहाँ (भण्डारी) ले गर्न खोजेका कामहरू थिए । एमाले, माओवादी र रास्वपाको सरकार बनेको बेला श्रम मन्त्रालय छोड्नुपर्‍यो । सुरु गरेका काम एक वर्षभित्र सकेर मन्त्रालय छाड्ने सहमति भएको थियो । उहाँले छोड्ने सहमति पार्टीभित्र भइसकेको हुँदा सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउन लागिएको हो ।’ लोसपाका प्रतिनिधि सभामा चार सांसद छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र कायम राख्ने आन्तरिक किचलोमा रुमल्लिरहेको नाउपाका राज्यमन्त्री अरुण चौधरीको राजीनामा हालसम्म स्वीकृत भएको छैन । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयसँगै २२ असारमा नाउपाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका चौधरीले पदबाट राजीनामा दिएका थिए । चौधरीको राजीनामा हालसम्म स्वीकृत भएको छैन । चौधरीको राजीनामा स्वीकृत नभएपनि उनी मन्त्रालय भने गएका छैनन् ।

नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक किचलोले उक्त दल सत्ता पक्ष वा प्रतिपक्ष खुल्न सकेको छैन । भदौमा ४ मा नाउपाका दुई पक्षले सभामुख देवराज घिमिरेलाई छुट्टाछुट्टै पत्र लेखेका छन् । संरक्षक रञ्जिता श्रेष्ठले नाउपालाई सत्ता पक्षको बेञ्च माग गर्दै पत्र लेखेकी छन् भने गंगाराम चौधरीले प्रतिपक्ष विपक्षी बेञ्चको माग गरेका छन् ।

तर, सभामुख घिमिरेले निर्णय गरेका छैनन् । संसदीय दलको नेताबाट गंगाराम हटाएर आफू भएको पत्र समेत रञ्जिताले पठाएपनि हालसम्म मान्यता पाएकी छैनन् । प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर