Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोलि

प्रतिक्षा खबर
२०८१ आश्विन २९, मंगलवार १९:४९

वीरगन्ज । वीरगन्ज रक्सौल नाकास्थित नेपाल–भारत सीमामा क्षेत्रमा मंगलबार गोलीको चलेको छ । भारतीय सीमामा खटिएका भारतीय सीमा सुरक्षा बल एसएसबी जवानले गोली चलाएको स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको टोलीमध्येका एक अधिकारी अनुसार एसएसबीसँगको सोधपुछमा आफूहरूले गोली चलाएको स्वीकारेका छन् ।

उनका अनुसार सीमा क्षेत्रमा एक समूहसँग वादविवाद हुँदा आफूहरूले ‘सेल्फ डिफेन्स’ मा गोली चलाएको स्वीकारेका हुन् ।

अनुसन्धान गरिरहेका ती अधिकारीले भने, ‘भारतीय एसएसबीहरुले सीमामै हवाई फायर गरेको हामीसँग स्वीकारेका छन्, विवाद भएपछि बचाउका लागि आफ्नै भूभागमा हवाई फायर गरेका हौँ भनेका छन् ।’

तर मितेरी पुल नजिकैबाट एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शीहरू बताउँछन् । एक प्रत्यक्षदर्शीका अनुसार भारतीय एसएसबीले नेपाली भूमिमै छिरेर गोली चलाएका हुन । वीरगन्ज–रक्सौल नाकास्थितको मितेरी पुलको एरियाबाट नेपाली भू–भागमा प्रवेश गरेर एसएसबीले गोली चलाएको ती प्रत्यक्षदर्शी दाबी गर्छन् ।

भारतीय भूमिमा पर्ने अहिरवा टोलाबाट एक समूहलाई लखेट्दै आएका एसएसबीका एक जवानले गोली चलाएको जनाइएको छ ।

मंगलबार दिउँसो चलेको गोलीकाण्डबाट कुनै किसिमको मानवीय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल–भारतको सीमा नजिकैबाट एउटा गोलीको खोका बरामद भएको छ । बरामद भएको गोलीको उक्त खोका इन्सास राइफलको रहेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका अनुसार मितेरी पुल नजिकैबाट गोली बरामद त भएको छ  तर कसले र किन चलाएको भन्ने पुष्टि भएको छैन । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको पर्सा प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार प्रहरीले अहिले विशेष टोली खटाएको छ । सो टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर