Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

गणतन्त्र र राजावादी आन्दोलनमा होमिँदा कांग्रेस किन मौन ?

प्रतिक्षा खबर
२०८१ चैत्र ११, सोमबार २०:२०

काठमाडौँ । विपक्षी चार दल मिलेर बनेको समाजवादी मोर्चाले चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध काठमाडौँमा बृहद् प्रदर्शन गर्दैछ ।  त्यसैदिन पूर्वराजाको पक्षमा प्रदर्शन गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेका छन् ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी छन् ।  वर्तमान गठबन्धन सरकारको नेतृत्व गरेको नेकपा एमालेले पनि पूर्वराजाको सक्रियताविरुद्ध तीनमहिने आन्दोलन घोषणा गरिसकेको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशैभरि सबै वडामा जनसचेतना कार्यक्रम गरिएको एमालेले सोमबार जनाएको हो ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रतिगामी करार गर्दै गणतन्त्र पक्षधर दलहरूले उनको पक्षमा खुलेका राप्रपालगायत दलहरूको सक्रियताविरुद्ध आन्दोलन घोषणा गर्दा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने मौन छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्णप्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गरे पनि पूर्वराजाको सक्रियता, आन्दोलन र त्यसविरुद्ध हुने र भइरहेका गतिविधिबारे केही बोलेन ।

कांग्रेस बैठकको पहिलो निर्णयमै लेखिएको छ– ‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो । नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।’

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले राजासंस्थाका सम्बन्धमा भइरहेका प्रदर्शन आवश्यक नरहेको र आफूहरूले त्यसलाई उचित नठानेको बताए । ‘यसको पक्ष विपक्ष भन्दा पनि हामी संविधानप्रति प्रतिवद्ध छौं’, प्रवक्ता डा. महतले सञ्चारकर्मीहरूसँग भनेका थिए ।

प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि त्यसको पक्ष÷विपक्षमा बहस भइरहेको छ । सत्ता राजनीतिमा केन्द्रित हुँदै पक्ष र विपक्षमा विभाजित गणतन्त्र पक्षधर प्रमुख राजनीतिक दलहरू प्रतिगमनकारी षड्यन्त्रविरुद्ध एकजुट देखिए जसरी अभिव्यक्ति दिइरहेको र जनचेतनामूलक कार्यक्रम घोषणा गर्दा कांग्रेसले भने संस्थागत रूपमा पार्टी बैठक राखेर पनि यसबारे बोल्न आवश्यक ठानेन ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले राजाको आन्दोलन र त्यसविरुद्ध अन्य दलहरूले घोषणा गरेका आन्दोलनबारे कार्यसम्पादन समिति बैठकमा कुराकानी नभएको जानकारी दिए । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक  छैन । राप्रपाले सभापति बनाए हुन्छ भनेर बोल्नुभएको छ,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने, ‘कांग्रेसको आधिकारिक धारणा त्यही हो । कार्यसम्पादन समिति बैठकमा त्यसबारे छलफल भएन । हामीले गणतन्त्रको पक्षमा दृढ भएर उभिने निर्णय गरेका छौँ ।’

गणतन्त्रात्मक व्यवस्थालाई नै चुनौती दिने क्रियाकलाप भए भने कांग्रेस के गर्छ भन्ने प्रश्नमा सहमहामन्त्री यादवले भने, ‘कांग्रेस संविधान र अहिलेको गणतान्त्रिक व्यवस्थाप्रति दृढ भएर उभिन्छ ।’  उनले सम्पन्न हुँदै गरेको स्वतन्त्र युनियनको निर्वाचनले पनि युवाहरूको मनसाय पनि गणतन्त्र पक्षमा नै प्रतिबद्ध रहेको देखाएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ विद्यार्थी संगठनले एउटा क्याम्पसमा मात्रै जित्नुले युवारू पनि गणतन्त्रको पक्षमा रहेको प्रस्ट भएको सहमहामन्त्री यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर