Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पालिका अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार ०९:५८

९ चैत, जनकपुरधाम । दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।

विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

पालिका अध्यक्ष पक्राउपरेपछि तिमीहरुकै कारणले मेरो बुबा पक्राउ परेको भन्दै पालिका अध्यक्ष शिवजी यादवका छोरासहित केही स्थानीयहरु राति दीपकको घरमा पुगेर गालीगलोज तथा धम्की दिएका थिए । त्यसपछि त्रासको कारण दीपक र अनिता राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन् ।

उनका छोराछोरीहरु राति औरहीचौकीमा शरण लिएका छन् ।

‘साँझ पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरुसहित आएर धाकधम्की र गालीगलोज गरे । मेरी श्रीमती अनितालाई हिंड्न दबाब दिए । अनुसरक्षित महसुस भएपछि अनिता कवुलीकाकाको घरमा आइन् । म पनि यतै बसेको छु’,उनले भने, ‘मेरोबालबच्चा औरही प्रहरीचोकीमा राति बिताए ।’

पालिका अध्यक्ष पक्राउ परोको विरोधमा उनका आफन्त र समर्थक राति जिल्ला प्रहरी कार्यालय सिरहामा ढुंगामुढा गरेका छन् । उनीहरुले पालिका अध्यक्ष र पूर्ववडाध्यक्षको रिहाइको माग गरेका छन् । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य घाइते समेत भएका छन् ।

आगामी चैत १७ गतेदेखि श्री श्री १०८ विष्णु महायज्ञको लागि डोम परिवारको घर डोजर लगाएर भत्काइएको थियो । त्यहाँबाट दुई फिट माटो समेत फालिएको थियो । विजुली र पानी सुविधा नरहेको एकान्तम दिपकलाई फुसको घर बनाएर सारिएको छ । त्यहाँ वर्षाको बेला बाढीको भेल बग्छ ।

यसअघि दिपकको माथि जस्ता भएको दुईकोठे पक्की घर मधेश सरकारले जनता आवाश कार्यक्रम अन्तर्गत बनाइदिएको थियो । घटना बाहिरिएपछि शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाललाई गृहमन्त्रालय तानिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर