Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

पर्सा र बारामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १७, बुधबार १३:३३

पर्सा र बारामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालामा ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । ५ देखि ७० वर्ष उमेर समूहका संक्रमितमध्ये ३६ जना महिला छन् ।
पर्साका १३ र बाराका ५० जना संक्रमित छन् । गण्डक अस्पतालबाट पठाइएको एउटा स्वाब नमुनाको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको डाक्टर चौरसियाले बताए । वीरगञ्ज वडा नं. ४ मा २ जना, वडा नं. १२ र १८ मा १÷१ जना, बहुदरमाई नगरपालिकाको वडा नं. ४ मा ५ जना, वडा नं. ५ मा १ जना र वडा नं. ६ मा २ जनामा कोरोना देखिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. १ का ५ जना, वडा नं. ७ का ५ जना, वडा नं. २३ का ३ जना, वडा नं. २ मा ६ जना, वडा नं. ४ मा ६ जना, वडा नं. ३, ६, ८, ९ र २१ मा १÷१ जना, वडा नं. २० मा ४ जना र वडा नं. ५ मा ७ जनामा कोरोना देखिएको छ । संक्रमित ३ जनाको ठेगाना पहिचान हुन सकेको छैन ।
यसअघि पर्सामा ४ सय ९३ जना महिलासहित २ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर