• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टी महोत्तरी–३ मा बृहत् पार्टी प्रवेश, करिब ५०० जना रास्वपामा आबद्ध


राष्ट्रिय स्वतन्त्र पार्टी महोत्तरी–३ मा बृहत् पार्टी प्रवेश, करिब ५०० जना रास्वपामा आबद्ध

गोपाल , महोत्तरी, फागुन १ गते 

महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा-  ले आफ्नो संगठन विस्तारलाई तीव्र बनाउँदै आज शुक्रबार जलेश्वरमा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न राजनीतिक दल परित्याग गरी करिब ५०० जना नेता–कार्यकर्ता र समर्थकहरू रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । साथै महोत्तरी–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई.उज्वल झा सहित जिल्ला तथा क्षेत्रीय तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    रास्वपामा प्रवेश गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी –नेकपा – का केन्द्रीय सदस्य विजय चौधरी, जनता समाजवादी पार्टी –जसपा – जलेश्वर नगर अध्यक्ष सन्तोष साह, नेपाली कांग्रेस का महासमिति सदस्य श्रीचन महासेठ, एकडारा गाउँपालिकाका पूर्व पालिका अध्यक्ष रामछविला साह लगायत रहेका छन् ।

उक्त व्यक्तित्वहरूको प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरीएको छ । आयोजकका अनुसार विभिन्न वडाबाट आएका युवा, महिला तथा सामाजिक अभियन्ताहरूले पनि सामूहिक रूपमा पार्टीमा आबद्धता जनाएका छन् ।

     कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता मनिष झाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति जनताको निराशा बढ्दै गएको उल्लेख गरे । उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर रास्वपाले राजनीतिक अभियान अघि बढाइरहेको बताए ।

“अब पुराना शैलीको राजनीति होइन, परिणाममुखी र जिम्मेवार राजनीति आवश्यक छ,” उनले भने, “महोत्तरी–३ मा देखिएको उत्साहले परिवर्तनको चाहना स्पष्ट पारेको छ ।”

     महोत्तरी ३ का उम्मेदवार उज्वल झाले महोत्तरी–३ का विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय स्तरका समस्यालाई संघीय संसदसम्म सशक्त रूपमा उठाउने अठोट व्यक्त गर्दै नवप्रवेशीहरूलाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

      बृहत् पार्टी प्रवेश कार्यक्रमलाई महोत्तरी–३ को चुनावी गतिविधिको सुरुवाती संकेतका रूपमा हेरिएको छ । पछिल्ला दिनहरूमा विभिन्न दलबीच प्रतिस्पर्धा बढ्दै गइरहेका बेला रास्वपाको यो कार्यक्रमले क्षेत्रीय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको स्थानीय विश्लेषकहरूको भनाइ छ ।

कार्यक्रममा नवप्रवेशीहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो । उपस्थित सहभागीहरूले परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको पक्षमा एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

२२ जिल्लाको मधेश बनाउनका लागि आफुहरुको सङ्घर्ष जारी रहेको ,अध्यक्ष यादव
अन्तर्राष्ट्रिय

राजनीतिक समस्या समाधानका लागि संविधान संशोधन अपरिहार्य : यादव

१ फाल्गुन २०८२, शुक्रबार
जसपाको घोषणापत्र सार्वजनिक
अन्तर्राष्ट्रिय

जसपाको घोषणापत्र सार्वजनिक

१ फाल्गुन २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

रोटाभेटरमा किचिएर दुई बालिकाको मृत्यु

१ फाल्गुन २०८२, शुक्रबार
जसपा, नेपालको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रसार-प्रचार समिति गठन
अन्तर्राष्ट्रिय

मधेशीकाे हकअधिकारका लागि मत मागदै घरदैलाेमा जसपा नेपालका नेता डा सुरेन्द्र यादव

१ फाल्गुन २०८२, शुक्रबार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh