• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हजारौं पुरुषबीचमा तर्पण दिँदै एक्ली महिला अजय अनुरागी


हजारौं पुरुषबीचमा तर्पण दिँदै एक्ली महिला अजय अनुरागी

जनकपुरधाम – प्रायः जसो पितृ तर्पण गर्दा पुरुष वा छोराले आफ्ना मृत पूर्वजका लागि तर्पण दिने गरेका हुन्छन् । तर जनकपुरधाममा एक महिलाले आफ्नो मृत पिता सहित पूर्वजको आत्माको शान्तिको लागि तर्पण दिने गरेकी छन् ।
साविक महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा घर भई जनकपुरधाम उपमहानगरमा बसोबास गर्दै आएकी रिंकुकुमारी मिश्रले आफ्ना पितासहित पूर्वजलाई जल सहितको तर्पण दिने गरेकी छन् ।
शनिवारदेखि शुरू भएको सोह्र श्राद्ध संस्कार गर्न हजारौं पुरुषहरूकाबीच रिंकु पनि जनकपुरको पुरातात्विक महत्व बोकेको गङ्गा सागर पोखरीमा स्नान गर्दै मृत पितालाई तर्पण दिएकी थिइन् । उनी गत वर्षदेखि नै आफ्नो पितालाई तर्पण दिँदै आएको बताएकी छन् ।
१६ दिनसम्म तर्पण गर्नुका साथै पिण्ड दान सहित श्राद्ध समेत गर्दै आएको बताउँछिन् ।
रिंकुका बुवा रामेश्वर मिश्रको गत २०७२ वैशाख ४ गते निधन भएको थियो । रामेश्वर मिश्रले दुई वटा बिहे गरेका थिए । जेठी श्रीमतीबाट २ छोराहरू सतेन्द्र र जितेन्द्र तथा छोरी प्रभावतीदेवी जन्मिएकी थिइन् । छोराहरू समेतको बिहे भएको अवस्थामा उनको श्रीमतीको क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।
त्यसपछि उनले रिंकुकी आमा आशादेवी मिश्रसँग बिहे गरिन् । त्यतिबेला आशाको बाल विवाह भएको थियो । धेरै उमेरको फरक पनि थियो । तर मिश्रले आशादेवीसँग बिहे गरिन् । उता छोरा र छोरीको समेत बिहे भईसकेकोले उनीहरूलाई गाउँ पिपराको सम्पति दिएर अंशवण्डा गरेर कान्छी श्रीमती आशादेवीसँगै जनकपुर आएर बसोबास गर्न थाले ।
दोस्रो श्रीमती आशादेवीको कोखबाट रुवी मिश्र र रिंकु मिश्र दुई छोरीहरूको जन्म भयो । दुवै छोरीको पालन पोषण उनले गर्दै आएका थिए । सोही क्रममा जेठी छोरी रुवीको बिहे गरेपछि गर्भवती भएकी बेला बच्चा जन्माउने क्रममा उनको निधन भएको थियो । एता रिंकु भने आफ्नो आमा र बुवाका साथ बस्दै आएकी थिइन् ।
बुवा बिरामी भएको अवस्थामा निधन भयो । ‘दाहसंस्कार त दाजु (सौतेला)सतेन्द्रले नै गर्नु भयो,’ रिंकुले भनिन्, ‘सबै कर्मकाण्ड, श्राद्धसमेत दाजुले नै गर्नु भयो तर आर्थिक खर्च भने मेरो आमाले गर्नुभएको थियो । प्रत्येक महिनाको छाया, वर्षको बरखी सबै मेरो आमाले गर्दै आए पनि तर्पण भने दाजुले नै गरिरहनु भएको होला भनेर हामीले सोचेका थियौं, उनले बताइन्, ‘तर समाजका मानिसले दाजुले तर्पण नगरेको भन्ने कुरा आमालाई आएर भने पछि उहाँ चिन्तित हुनुभयो ।
‘अनि छोरी तिमीले नै आफ्नो बुवालाई तर्पण दिनुपर्छ भनेर भन्नुभयो,’ रिंकुले थपिन्, ‘त्यसपछि मैले पनि तर्पण गर्नुपर्छ भनेर निधो गरेर तर्पण दिन शुरू गरेको हो ।’
रिंकु आफैं जनकपुरकी पत्रकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईको कमिटिको उपाध्यक्ष पनि हुन् । उनले बिहे पनि जनकपुरकै एक जना पत्रकार घनश्याम मिश्रसँग गरेकी छन् । दुवैजना संचार माध्यममा काम गर्दै गर्दा प्रेम विवाह गरेका हुन् । रिंकु आफ्नो श्रीमानका साथ माइतमा आमासँगै बस्दै आएकी छन् ।
तर्पण दिनका लागि गंगासागर जाने कुरा श्रीमान घनश्यामलाई सुनाउँदा श्रीमानले पनि साथ दिए । घनश्यामले मोटरसाइकलमा चढाएर उनलाई गङ्गासागर लगे । त्यहाँ हजारौं मानिसहरू मात्र स्नान गरेर तर्पण गरिरहेका थिए । त्यहाँ घाटमा पण्डितजीलाई गायत्रीले सोधिन्, मलाई पनि तर्पण गर्नुछ ।
अनि पण्डितले पनि कुनै प्रश्न नगरेर ठिकै छ, महिला भयो त के भयो तर्पण दिन सकिन्छ भनेर जवाफ दिए । अनि गायत्रीले लगेको काँक्रो र फुल्की समेत लिएर पण्डितले गराएको मन्त्रोचारण अनुसार उनले आफ्ना पितृ पक्षलाई तर्पण दिएकी थिइन् ।
समाजमा कतिपय मानिसले नकारत्मक रुपमा टिप्पणी गरे पनि कतिपयले सकारात्मक रुपमा नै लिने गरेको रिंकुले बताईन् । गत वर्ष पनि पण्डितजीलाई बोलाएर पिण्ड दान गरेको, त्यति बेला पण्डित जीले कुनै पनि प्रतिबन्ध नरहेको बताएकाले आफुले ठिकै कुरा गरेको लागेको उनले बताइन्
गत वर्ष १६ श्राद्धका क्रममा आफुलाई महिनावारी भएन, यस वर्ष पनि महिनावारीको समय संयोगले कटेको उनले बताइन् । यदि १६ श्राद्धका क्रममा महिनावारी भए पनि आफुले श्राद्धको कर्म नरोक्ने उनी बताउँछिन् । महिनावारी हुँदैमा त्यस्ता कर्म रोक्न नहुने उनको तर्क छ ।
पितृ दोषबाट मुक्ति पाउन तथा श्राद्ध गर्नका लागि महिनावारी समस्याको रुपमा लिन नहुने उनी बताउँछिन् । समाजले के भन्छ भन्दा पनि आफुले आफ्नो आत्म सन्तुष्टिका लागि आमाको निर्देशनानुसार नै तर्पण गरेको उनी बताउँछिन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

३० भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

३० भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

३० भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

३० भाद्र २०७७, मंगलवार
Next Post
भारतले प्याज निर्यातमा राेक लगाएपछी नेपालमा प्याजकाे भाव बढयाे

भारतले प्याज निर्यातमा राेक लगाएपछी नेपालमा प्याजकाे भाव बढयाे

बिहानै बिहानै भुकम्पकाे धाका महसुस सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

बिहानै बिहानै भुकम्पकाे धाका महसुस सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh