• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

क्रसर माफियाको दादागिरी : तटबन्ध भत्काएर उत्खनन गर्न बाटो निर्माण


क्रसर माफियाको दादागिरी : तटबन्ध भत्काएर उत्खनन गर्न बाटो निर्माण

भदौ २४
सुरेन्द्र सिंह
महोत्तरी : जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिवन्ध लगाएको छ । बेलाबेलमा खोला अनुगमन गरेको देखिन्छ । खोला किनारमा ३० भन्दा बढि क्रसरहरु संञ्चालनमा रहेका छन , तर ति सबै क्रुसरहरु मापदन्ड विपरितनै संञ्चालनमा रहेको देखिन्छ । यस्ता कुराहरुमा स्थानिय सरोकारको कुनै चासो नदेखिएको सबैलाई थाहनै होला । खोला खनिने क्रम अझै रोकिएका छैन । कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रसाशनको मिलोमतोमै उत्खनन भइरहेको छ । प्रदेश २ को कतिपय ठाउँ यस्तो छ- जहाँ क्रसर माफियाको राज नै चल्छ ।
धनुषामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलिप महतोको हत्या नै गर्यो । धनुषामै बन्दुक (पेस्तोल) देखाएर उत्खनन गरेको घटना पनि सार्वजनिक भयो । तर अझै महोत्तरीमा क्रसर माफियाको राज चलेको छ । बर्दिबास नगरपालिका-६ स्थित सुमित बालुवा प्रशोधन उधोग प्रालिले दादागिरी शैलीमा नदी उत्खनन् गरिदै आएको छ ।
केहि दिन पहिला बर्दिबास नगरपालिका-६ किसाननगरस्थित रातु खोलामा करिव १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध सुमित बालुवा प्रशोधन उधोगले भत्काइदिएको छ । उत्खनन गर्ने उदेश्य तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीय मनोज साहले बताए ।
तटबन्धको सय मिटर पुर्व रहेको क्रसर उद्योगले रातीको समयमा उत्खनन गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउँछन् । उक्त क्रसर उद्योगको गाडीले तटबन्धमाथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसिबी चलाउँछ । स्थानीय भन्छन्, ‘प्रशासनलाई जानकारी गराउँदा केहि समयमै प्रहरी आए । प्रहरीले गाडी देखेरपनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किए ।’ तटबन्ध माथिबाट गाडी लान खोज्दा नयाँ निर्मित तटबन्धको केहि भाग पुणर् रुपमा क्षतिग्रस्त बनेको उनले सुनाए ।
तटबन्ध माथिबाट बाटो निर्माण गर्नका लागि खोला उत्खनन गरिरहेका बेला स्थानीय देखेपछि रोक्न पुगे । तर क्रसरका मेनेजर सुनिल साहले आफुलाई वडा अध्यक्षले भनेपछि मात्रै खनेको भनेपछि आफुहरु फर्केको स्थानीय बताउँछन् ।
यता, बर्दिबास नगरपालिका-६ का वडाध्यक्ष पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताए । उनले आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमती नदिएको दावी गरे ।
सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताए ।
यता बर्दिबास नगरपालिका-६ का वडा अध्यक्षले पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको र आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्धमाथिबाट बाटो निर्माण गर्न कुनैपनि किसिमको अनुमति नदिएको बताए ।
सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उत्क तटबन्धमाथि बाट बाटो निर्माण गर्न लागेको बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२४ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२४ भाद्र २०७७, बुधबार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२४ भाद्र २०७७, बुधबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२४ भाद्र २०७७, बुधबार
Next Post
मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय

मुख्यमन्त्री माे लालबाबु राउतले जितिया पर्व गरिने ब्रतालु महिलाहरुलाई दिए शभकामना

चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण

कोरोनाबाट ४ हजार सुरक्षाकर्मी संक्रमित, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh