हिन्दु नेपालीहरुको ठूलो पर्व तीज यस वर्ष विगतमा वर्षहरुमा जस्तो यश वर्ष उल्लासमय भएन ।
विगतकाे वर्षहरुमा शिवमन्दिर र सार्वजनिक स्थलमा ठूलो संख्यामा महिलाहरु नाचगान र रमाइलो गर्ने गर्थे । तर, यो वर्ष निषेधाज्ञाका र काेराेना भाइरसकाे कारण महिलाहरु सार्वजनिक स्थलमा भेला हुन र भेटघाटबाट वञ्चित भए ।
घरमा पनि परिवारभित्रका मानिसहरु मात्र बस्न र आफन्तजन ठूलो संख्यामा भेला नहुन सरकारले आग्रह गरेको थियो ।
त्यसैले यस वर्ष महिलाहरु घरमै आँगन, र कोठाभित्रै भगवान अर्थात शिवकाे पूजा गरेर तीज मनाउन बाध्य भए ।








































































































