प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २९ गते
प्रदेश २ मा धनुषामा २८ सहित पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित फेला परेका छन् । पर्सामा ३९, धनुषामा २८, महोत्तरीमा २३, रौतहटमा २१, बारामा २०, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा ३ जना संक्रमित फेला परेका स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
यो संगै प्रदेश २ मा ६ हजार ४२८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । निर्देशनालयका बरामा पछिल्लो २४ घण्टामा चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बराका ७८,३८,६५ र ५० वर्षका पुरुष छन् ।
यस्तै धनुषाका ७० वर्षीय पुरुष, ६५ वर्षीय एक महिला छन् भने यसै प्रदेशमा फेला परेका एकजनाको वेवारिशे शवमा समेत कोरोना संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।








































































































