• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने


भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा

२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ ।
केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ l
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘साउन २४ गते रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । न्युन चापीय रेखा जहाँ पर्छ त्यहाँ वर्षा हुन्छ ।
मौसमविद शान्ति कँडेलका अनुसार मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्ने छ । तर, लगातार झरी परिरहने छैन ।
मौसमविद कँडेलले अनलाइनखबरसँग भनिन्, ‘मनसुनी रेखा नेपाल नजिक सर्दै छ । यसले लगातारको झरी पार्ने, २४ सै घण्टा पानी पार्ने अवस्थाचाहिँ छैन । राति अलिकति बढी प्रभाव पार्ने देखिन्छ ।’ उनले दुई–तीन दिनपछि बिस्तारै मनसुनी प्रभाव कम हुँदै जानसक्ने बताइन् ।
शनिबार बिहान प्रदेश नं. २ मा र प्रदेश नं. ५ का केही भू–भागहरुमा आंशिक बदली छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।
शनिबार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२४ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२४ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२४ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२४ श्रावण २०७७, शनिबार
Next Post
बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh