साेनमा, भदौ २ गते । आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि महोत्तरीको साेनमा गाउँपालिकाको गाउँसभा हुन सकेको छैन ।कार्यपालिकामा कुनै एक पार्टीको बहुमत नहुँदा सो गाउँपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको हो ।प्रत्येक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहीआएको छ । गाउँपालिका अध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विशेश्वर प्रसाद यादव निर्वाचित हुनुभए पनि कार्यपालिकामा नेपाली कांग्रेस र जनता समाजवादीको बहुमत छ ।विभिन्न वडाका वडा अध्यक्षले गाउँपालिका अध्यक्ष यादवका कारण अहिलेसम्म गाउँसभा तथा बजेट विनियोजन हुन नसकेको आरोप लगाउनुभयो । तर गाउँपालिका अध्यक्ष यादव गाउँसभा न हुनुमा म एकलै दाेसि न रहेकाे यसमा सबै दाेसि छन भनिदै याइरहेका छन ।गाउँ सभा न भएकाेले करारका कर्मचारीले अहिलेसम्म तलब नपाएको बताए । स्थानियहरुले भन्ने स्थानीय तहमा बहुमत र अल्पमतको विवाद ल्याउने काम सहि न रहेकाे बताए । जनताहरुलाइ बहुमत र अल्पमतले कुनै सराेकार छैन जनताहरुलाइ जनताकाे विकास मात्रै चाहियाे ।









































































































