जनकपुरधाम, साउन ३० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर आफै माथि ठुलो प्रश्न उब्जाएको बताउनु भएको छ ।
जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासंघको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली सरकारले यही व्यहोराको अध्यादेश ल्याउदा तत्कालै प्रमाणीकरण गरेको राष्ट्रपतिले संसदबाट पास विधेयक फिर्ता गर्नुले उहाँ मुलुकको राष्ट्रपति हो की एमालेको कार्यकर्ता भनि प्रश्न उब्जिएको बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘ यस्तै व्यहोराको अध्यादेश ओली सरकारले ल्याउदा के विना पढि कनै प्रमाणीकरण गर्नु भएको थियो । होइन भने उहाँको यस कदमले उहाँ माथि नै प्रश्न उब्जाएको छ । उहाँले राष्ट्रपतिको रुपमा नभइ एमालेको कार्यकर्ताको रुपमा फिर्ता पठाउनु भएको हो जस्तो आम नागरिकले बुझेका छन ।
नागरिकता बाट विहिनी नेपाली नागरिकका लाखौ सन्तानहरुलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले ल्याइएको विधेयक फिर्ता हुनुले मुलुकमा ठुलो षडयन्त्रको गन्ध आउन थालेको उहााँको कथन थियो ।
राष्ट्रपतिले फिर्ता पठाउदै विधेयक निष्कृय नहुने दावी गर्नु हुँदै अध्यक्ष यादवले चाडै पुनः प्रतिनिधिसभा र राष्ट्रिय सभा बाट पारित गरेर पुनः विधेयक पठाउने प्रतिबद्धता समेत जनाउनु भयो ।
कुनै पनि नागरिकलाई नागरिकताबाट बंचित नगरिने भनि संविधानले नै सुनिश्चित गरि सकेकोले नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वंचित गर्ने प्रपंच गरिए जसपा सडक र सदन दुबै ठाँउमा आन्दोनलको आँधी बहेरी ल्याउने चेतावनी समेत दिनु भयो ।
अर्को प्रसंगमा अध्यक्ष यादवले शिक्षा र समाजिक रुपमा पछि परेका पिछडा वर्गहरुलाई राज्यको मुलधारमा ल्याउने जिम्मेवारी समेत राज्यकै रहेको उल्लेख गर्नु हुँदै पिछडा वर्गलाई परिभाषित गर्दै शिक्षा र स्वास्थ्यमा विशेष जोड दिन आग्रह गर्नु भयो ।
जसपाको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई त्यसको अगुवाई गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पिछडा वर्गको उत्थान र विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममै समावेश गरेर पाँच करोड बजेट समेत विनियोजन गरि सकेको बताउनु भयो । उहाँले छिट्टै पिछडा वर्ग विकास समिति गठन गरेर पिछडा वर्गको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिने बताउनु भयो ।
महासंघका अध्यक्ष भरत प्रसाद महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पुर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, युवा नेता जितेन्द्र यादव सहितले शुभकामना राख्नु भएको थियो ।









































































































