गोपाल झा
महोत्तरी, साउन २५ गते
बैंक तथा वित्तिय संस्थाहरुले कृषिजन्य उद्योगहरुमा सहुलियत ब्याजमा ऋण लगानी गर्न थालेपछि महोत्तरीमा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ ।
महोत्तरीमा कृषि तथा बन जन्य उद्योग दर्ता गराउने क्रम बढेको बताईएको छ । आ.व. २०७८ /०७९ मा महोत्तरीमा ९ सय २६ वटा कृषि तथा बन जन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय, महोत्तरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार उत्पादन मूलक १ सय ४२ वटा, सेवा मूलक २ सय ८६ वटा र निर्माण मा ८४ वटा गरी आ.व. २०७८ /०७९ जम्मा १ हजार ४ सय ३८ वटा उद्योग दर्ता भएको हो । जसमध्ये साना उद्योग तर्फ प्राईटभेट फर्म १ हजार ३ सय ८३, साझेदारी फर्म २१ वटा र प्रा.ली.(कम्पनी) ३४ वटा उद्योग रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८ /०७९ मा उद्योगको तुलनामा कृषिजन्य उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीका उद्योग अधिकृत कृष्ण कुमार मिश्रले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य(व्यवसाय) तर्फ भने १ हजार २ सय ३४ वटा दर्ता भएको जनाईएको छ । त्यस्तै प्राईटभेट फर्म नविकरण ७८९,पुँजी बृद्धी तथा कारोवार थप २६६ ,नामसारी तथा नाम परिबर्तन ५३ , ठेगाना परिबर्तन १९ शाखा बिस्तार / खारिज ८ , लगत कट्टा ८७ र प्रतिलिपी ५५ गरी २,५११ वटा रहेको जनाईएको छ ।
आ.व. २०७८ /०७९ मा ६७ लाख २७ हजार रुपैया राजस्व संकलन भएको छ । उद्योग र वाणिज्य दर्ता एवं नामसारी, ठाउँसारी, नवीकरण, पुजी वृद्धि, लगत कट्टा, फर्मको नाम परिवर्तन र प्रतिलिपी राजस्व संकलनको स्रोत रहेको छ ।
उद्योग दर्ताबाट मात्र ४२ लाख ६५ हजार २ सय र वाणिज्य दर्ताबाट ९४ हजार ४ सय रुपैया राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका उद्योग अधिृकत मिश्रका अनुसार उद्योग तर्फ ४८ जना र वाणिज्य(व्यवसाय) तर्फ ८७ जनाले लगत कट्टा(खारिज) गराएका छन् । उद्योग तर्फ नामसारी ७० वटा, ठाउँसारी १७ वटा, नवीकरण ३ सय ६० वटा, पुजी वृद्धि ७० वटा, फर्मको नाम परिवर्तन ७० वटा र प्रतिलिपी ३२ वटाले लिएका हुन् भने वाणिज्य(व्यवसाय) तर्फ नवीकरण ७ सय ९७ वटा, पुजी वृद्धि २ सय ६९ वटा, नामसारी ५३वटा, ठाउँसारी १९ वटा, शाखा थप ८ वटा, प्रतिलिपी ५५ वटा र लगत कट्टा ८७ वटाले लिएका छन् ।
जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन लागेकोले कृषिजन्य उद्योगतर्फ स्थानीय आकर्षित भएको प्रमुख मिश्रको भनाइ छ ।
त्यस्तै यस कार्यालय बाट स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले जिल्लाको १५ वटै पालिका गरी आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १ सय ८१ जना महिला पुरुषलाई स्थानीय आवश्यकता तथा मागमा आधारित बिभिन्न सीप मूलक तालिम दिएको कार्यालयले जनाएको छ ।
प्रतीबेदनका अनुसार उद्यमसिलता बिकास तालिम १० दिने ४ सय ९० जना एडभान्स रिफ्रेसर तालिम, २० दिने १ सय ५ जना, भगत सर्बजित सिप बिकास तालिम अन्तरगत सिलाई कटाई ३ महिने २० जना लाई लाहचुरा १५ दिने ४० जना अगरबत्ती बनाउने १५ दिने ४० जना तरकारी सम्बन्धी १५ दिने ११ जना र मैनबत्ती बनाउने ७ दिने २० जना युवा तथा युवतीहरुलाई सीप मूलक तालिम दिईएको हो । स्थानीय तहले सिफारिस गरेको वडामा स्थानियहरुकै आवश्यकतामा उद्योग तथा वाणिज्य(व्यवसाय) दर्ता, सीप मूलक तालिम संचालन एवं अनुगमन लगायतको कार्य घरेलु तथा साना उद्योग कार्यालयको काम, कर्तव्य तथा अधिकार क्षेत्र भित्र पर्दछ ।








































































































