गोपाल झा
महोत्तरी , अषाढ १३ गते महोत्तरीका नवनिर्बाचित जिल्ला समन्वय समितिका प्रमुख सुमन कुमार कणर्ले आईतवार पदभार ग्रहण गरेका हुन ।
जिसस महोत्तरीको सभा हाँलमा गरीएको कार्यक्रमका प्रमुख अतिथी लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत सिंह भण्डारी तिथा पुर्व राज्यमन्त्री अभिराम शर्मा,प्रदेश साँसदहरु,पुर्व जिसस प्रमुख तथा प्रजिअ लगायतका विभिन्न गणमान्य व्यक्तित्वहरुको उपस्थितिमा नवनिर्बाचित जिल्ला समन्वय समितिका प्रमुख कणर्ले आफ्नो पदभार ग्रहण गरेका हुन । हालै सम्पन्न जिससको निर्वाचनमा निर्वाचित भएका जिसस प्रमुख कणर्ले निर्वाचित भएकै दिन सपथ ग्रहण गरेपनि उनले कार्यभार औपचारिक रुपमा आईतवार सम्हालेका हुन ।
यता जिससका नबनिर्बाचित उपप्रमुख नन्दु महरा तथा सदस्यहरुको सपथ ग्रहण जिसस प्रमुखबाटै हुने भएकोमा पदभार ग्रहण पश्चात उपप्रमुख महरा तथा सदस्यहरुलाई जिसस कै सभाहलमा एक कार्यक्रम आयोजना गर्दै जिसस प्रमुख कणर्ले सपथ ग्रहण गराएका छन । उपप्रमुख महरा, तथा खुल्ला सदस्यहरु हरि प्रसाद गौतम,श्याम कुमार तामांङ्ग,सरयुग यादव तथा महिला सदस्यहरु जैसो देवी,रिता देवी,लक्ष्मी कुमारी परियार र दलित वा अल्पसंख्यक सदस्य राम लखन पजियारले प्रमुख कणर्बाट सपथ ग्रहण गरेका थिए ।
यता पदभार ग्रहण तथा सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका लोसपा नेता शरत सिंह भण्डारीले जिल्ला समन्वय समिति प्रमुख तथा अन्य पदाधिकारीको पद ज्यादै महत्वपुणर् भएको भन्दै यहि पदमा वस्नेले नदीमा भैरहेको अनियन्त्रित र अवैध उत्खननको अनुगमन गर्न सक्ने भएकोले समन्वय समितिले चाहे चुरे विनास तथा अवैध उत्खनन तत्काल रोकिन सक्ने भन्दै यस प्रति ध्यान केन्द्रित गर्न पदाधिकारीहरुलाई सुझाए । उनले हरेक योजनाको अनुगमन गर्ने अधिकार जिससमा भएकोमा पालिकाहरुसंग समन्वय गरि चुरे विनास तथा अवैध उत्खनन वारे कडा कदम उठाउन प्रमुख कणर्लाई सुझाब दिएका हुन् ।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै एकडारा गाँउ पालीकाका अध्यक्ष दिपनारायण मण्डल मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल लगायतका नेताहरुले चुरे संरक्षण र अनियन्त्रित तथा अवैध










































































































