गोपाल झा
महोत्तरी, अषाढ ११ गते
महोत्तरीको बलवा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५७ करोड भन्दा बढीको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।
शुक्रवार सम्पन्न छैँठौ नगरसभामा विभिन्न योजना सहित ५७ करोड २० लाख ३५ हजारको बजेट प्रस्तावित गरेका मेयर राम बिजय महतोले आगामी एक वर्षमा स्वास्थ्य,शिक्षा,कृषी र पशुपालन,सरसफाई,पर्यटन लगायतका विविध क्षेत्रमा विभिन्न योजना सहितको कार्य गर्ने कार्ययोजना प्रस्तुत गरेका हुन् ।
समृद्ध बलवा ,सुखी नगरबासी बनाउने अबधारण सहीत मेयर महतोले ५७ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथीको आसनबाट आफ्नो शुभकामना मन्तब्यमा लोसपाका प्रभावसाली नेता तथा पुर्ब मन्त्री शरत सिंह भण्डारीले जनतासंग गरेको वाचामा प्रतिवद्ध रह्न बलवा नगरपालिकाका मेयर राम बिजय महतोलाई सुझाव दिएका छन ।
मेयर महतोले आगामी एक वर्षमा स्वास्थ्य,शिक्षा,कृषी र शुपालन,सरसफाई,पर्यटन लगायतका विविध क्षेत्रमा विभिन्न योजना सहितको कार्य गर्ने कार्ययोजना प्रस्तुत गरेकोमा नेता भण्डारी उक्त कार्ययोजना निक्कै राम्रो भएकोमा सोहि अनुरुप जनताले विकास हेर्न पाउने गरि कार्य गर्न उनले सुझाव दिएका हुन ।
मेयर महतोद्वार प्रस्तुत कार्ययोेजनामा नगरभित्र कृषी सुचना केन्द्र र कृषी पाठशालाको संचालन गर्ने लेखिएकोमा यो स्थानिय किसानहरुको लागि एकदमै लाभकारी योजना भएकोले यस योजनाको कार्यान्वयनको लागि तदारुकताका साथ लाग्न नेता भण्डारीले भने ।यता बलवाका मेयर महतोले जनताको बिचमा बसेर जनताकै सरसल्लाहमा नगरको नीति,कार्यक्रम र बजेट बनाइएकोमा प्रस्तुत गरिएको कार्ययोजना अक्षरसः पुरा हुने बताए । उनले आर्थिक समृद्धिको आधार कृषी प्रसार भन्ने मुल नाराका साथ कृषी उत्पादनमा व्यवसायिकरण,आधुनिकिकरण,यान्त्रिकिकरण तथा बजारीकरणमा विशेष जोड दिने बताएका छन भने नगर पर्यटन व्यवस्थापन सम्बन्धि गुरु योजना निर्माण गरि पर्यटकिय पुर्वाधार विकासमा प्राथमिकीकरणका आधारमा लगानी गर्ने नगरपालिकाले नीति लिएको बताए ।
साथै सवै बालबालिकाको पहुच विद्यालयसम्म पुर्याउन बालबालिका झिकाउ,सिकाउ र टिकाउ को कार्यक्रम समेत संचालन गरिने उनले आफ्नो नीति तथा कार्यक्रमको पुस्तिकामा उल्लेख गरेका छन ।
त्यस्तै पुर्वाधार विकास अन्तर्गत सडक तथा यातायातको विकास तथा वातावरण संरक्षण र विपद व्यवस्थापन तर्फ विपद जोखिम न्युनिकरणका लागि जोखिम युक्त क्षेत्र पहिचान तथा नक्सांकन गरिने मेयर महतोले वताए ।
नगरसभाको उदघाटन सत्रमा क्षोत्र नं.२ क का साँसद सुरीता साह,३ क का साँसद अभिराम शर्मा,पुर्व जिसस प्रमुख सुरेश प्रसाद सिंह,वर्तमान जिसस प्रमुख सुमन कुमार कणर् लगायतका वक्ताहरुले नगरसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यता विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले आफुहरु समेत पालिकाको हरेक गतिविधीको निगरानीमा रहेकोले भ्रष्टाचारमुक्त तथा जनताको हितमा हुने हरेक विकास निर्माणको काममा आफुहरु पालिकासंगै रह्ने बताएका छन भने गतल कार्य भए त्यसको विरोधको लागि तयारी अवस्थामा रह्न समेत सचेत गराए ।










































































































