गोपाल झा
महोत्तरी , १९ जेष्ठ महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक रंगेहात पक्राउ परेका छन् ।
महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले प्रअ मण्डल र अध्यक्ष पासवान लाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो ।
विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हो । अख्तियारले घटनास्थलमा मुचुल्का लगायतको काम गरिरहेको छ ।










































































































