• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एक्सनमा जय कुमार, शिक्षा र स्वास्थ्यमा विशेष नजर


एक्सनमा जय कुमार, शिक्षा र स्वास्थ्यमा विशेष नजर

जनकपुरधाम, जेठ १८ । मुलुककै सबै भन्दा होचो गाउँ पालिका धनुषाको मुखियापट्टी मुसहरनीयाका नव निर्वाचित अध्यक्ष जयकुमार यादव पदभार ग्रहण गरे लगतै एक्सनमा देखिएका छन ।
पछिल्लो पाँच वर्ष दर्हो प्रतिपक्षको भूमिका निर्वाह गरेका यादव जनता समाजवादी पार्टी नेपालको तर्फ बाट निकटतम प्रतिद्वन्दी भन्दा झण्डै दोब्बर मतले विजयी भए । युवाहरुको ढुकढुकीको रुपमा परिचित यादव चुनाव ताका जनता माझ गरेका प्रतिबद्धताहरु पुरा गर्न पदभार ग्रहण गरे लगतै एक्सनमा देखिनु मुखियापट्टी मुसहरनीया बासीका लागी सुखद संकेत देखिन थालेको छ ।
नवनिर्वाचित अध्यक्ष यादव दीर्घकालिन विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्र आफनो प्राथमिकतामा रहेको बताउदै आएका छन । त्यसै अनुरुप यादवले पदभार ग्रहण गरेकै दिन स्वास्थ्यचौकीहरुलाई पत्राचार गरि जनताको स्वास्थ्य जाँचमा कुनै कमि आउन नदिन निर्देशन दिए । त्यती मात्र नभई कार्यालय समयमा स्वास्थ्यकर्मीहरु स्वास्थ्यचौकी बाहिर रहन थालेको जनगुनासोलाई सम्बोधन गर्दै उनले नियमित कार्यालयमा उपस्थित भई सर्वसाधारण लाई सेवा दिन स्वास्थ्य चौकी प्रमुखहरुलाई पत्र मार्फत निर्देशन दिदै अध्यक्ष यादवले कार्यालय समयमा अनुपस्थित पाइए कारबाहीको भागी हुन चेतावनी समेत दिए ।
ग्रामिण स्वास्थ्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिकतामा राखेका यादवले आज मात्रै गापा भरिका महिला स्वंसेविकाहरुको लागी आयोजित पुनर्ताजगी तालिममा सहभागी भएर उच्च मनोवलका साथ काममा जुटन आग्रह गरे । उनले महिला स्वयंसेविकाको आवश्यक सेवा सुविधामा कमि हुन नदिने प्रतिबद्धता समेत जनाएका छन ।
अध्यक्ष यादव स्वास्थ्य क्षेत्र मात्र नभई मुमु गापाको शिक्षा क्षेत्रमा समेत आमूल परिवर्तन ल्याउने पहल थालेका छन । उनले मंगलबार मात्रै गापा भरिका विद्यालयका प्रमुखहरु भेला गरि शिक्षामा आमूल परिवर्तनका लागि अपनाउन सकिने उपायहरु बारे सुझाव संकलन गरेका छन ।
प्राधानाध्यापकहरुको सुझावलाई शतप्रतिशत कार्यान्वयन गरिने प्रतिबद्धता जनाउदै अध्यक्ष यादव भन्छन ,‘ विकासको मुल आधार नै शिक्षा र स्वास्थ्य हो । यो दुबैलाई सुधार गर्न पहिलो चरणको काम थालि सकेका छौ । शिक्षा र स्वास्थ्य ट्रयाकमा आए अन्य विकास पूर्वाधारको लागी खासै समस्या हुँदैन । ’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

१८ जेष्ठ २०७९, बुधबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

१८ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

१८ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१८ जेष्ठ २०७९, बुधबार
Next Post
महाेतरीकाे साेनमा गाउँपालिकामा सम्पन्न भएकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेस र जसपाकाै संयुक्त प्यानल बिजयी

महाेतरीकाे साेनमा गाउँपालिकामा सम्पन्न भएकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेस र जसपाकाै संयुक्त प्यानल बिजयी

एकडारा माबिका प्रअ र व्यवस्थापन समिति अध्यक्ष घुस सहीत रंगेहात पक्राउ

एकडारा माबिका प्रअ र व्यवस्थापन समिति अध्यक्ष घुस सहीत रंगेहात पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh