उर्मिला यादव यात्री
भैरहवा , जेठ १७
सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख इश्तियाक अहमद खानले नगरको बिकासमा नवनिर्वाचित जनप्रतिनिधिहरु एकजुट भएर अघि बढनु बताउनु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा छलफल कार्यक्रममा बोल्दै उहाले नवनिर्वाचित जनप्रतिनिधि जुनसुकै राजनितिक पार्टीबाट आए पनि पार्टीगत धारणालाइ अलग राख्न सकेमा मात्र सोचे जस्तो बिकास गर्न सकिने बताउनु भएको छ । जबसम्म जनप्रतिनिधिहरुले आफुलाई पार्टीगत रुपमा हेर्छन तब सम्म बिकासमा बाधा आइरहने उल्लेख गर्नु भयो ।
नगर प्रमुख खानले जनताको माग कुन क्षेत्रमा बढी छ त्यसमा फोकस गर्नु जोड दिनु भएको छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको सम्पुर्ण जनप्रतिनिधिहरु मिलेर बिकास को लहर छर्दै अगाडी बढनुपर्ने बताउनु भएको छ ।
नगरप्रमुख खानले नगर भित्रका जनप्रतिनिधिहरुले जनताको सेवा र बिकासमा कमि गरे नगरको हरेक वडामा सिसि टिभि क्यामरा जडान गर्न पनि नगरपालिका पछि नपर्ने उद्घोष गर्नु भयो
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष भिश्म प्रसाद न्यौपानेको अध्यक्षतामा रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत गर्नुका साथै नगरको बिकास कसरि गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरिएको थियो ।










































































































