गोपाल झा
महोत्तरी १३ जेष्ठ
भारतबाट भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको माल सामान महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले BR3SCR-3936 भारतिय नम्बर प्लेटको अपाची मोटरसाइकलमा चोर वाटो हुँदै भारत बाट नेपाल तर्फ ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर नगरपालीका वडा नं ६ धवौली स्थिीत रोतो खोलाको बाँघको छेउमै रहेको बाँसघारी नजिक वाट नियन्त्रणमा लिएको छ ।
३ लाख १८ हजार मोल बराबरको लेडिज सुटका कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवरा पठाइएको महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिएका हुन् ।









































































































