महोत्तरीको गौशाला नगरपालिका घैलाबजारमा आयोजित नवनिर्वाचित जनप्रतिनिधी सम्मान एवम् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएका छन ।आयोजना गरिएकाे कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बितेकाे चुनाबकाे लक्षित गरि सम्बोधन गर्दै राज्यको ढृकुटि चुनावमा खर्चिएको भन्दै अध्यक्ष यादवले ‘पछिल्लो समयमा आएर देशमा निर्वाचन महगिदै गएको बताएका छन । निर्वाचनको क्रममा उम्मेदवारहरु पैसाको खोलो बगाएको छ । देशमा पैसाको अभाव भएको समयमा सरकारले महगि बढाएको ज्वलन्त उदाहरण हाे। अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधीलाई जन्ताको विश्वासका साथ विकासको गतिविधी अगाडी बढाउनका लागि निर्वाचित जन प्रतिनिधिलाई अध्यक्षले आग्रह गरेका हुन । देशमा बढदै गएको लुटतन्त्र र भ्रष्टचारलाई गतिविधीलाई अख्तियारले रोक्नका लागि असफल भईसकेकोले अब जनलोकपाल गठन गर्नुको आवश्यक रहेको बताए ।
आफनो पार्टीले समृद्धि नेपाल निर्माणका लागि जनपक्षीय विकासमैत्री सुशासन स्थापना गर्नका लागि सरकारसँग माग गर्दै आएको यादवले बताए ।किशानहरुले भोगदै आएका खाद्य मल,बिउ बिजन र सिंचाईका समस्या समाधानगर्न नव निर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतोलाई जसपा नेपाल पार्टीका गौशाला नगर अध्यक्ष कुमर कान्त झाले आग्रह गरेका हुन।नेपाली काँग्रेसका नेता रामश्रृष्ठ महतो लगायत विभिन्न पार्टीका दुई सय नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । नवप्रवेशीलाई अध्यक्ष यादवले दोसल्ला र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन । कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, मधेश प्रदेशका पूर्वमन्त्री सरोजसिंह कुशवाहा,केन्द्रीय सदस्य लक्ष्मी महतो ,रामकुमारी देवी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।बब









































































































