महोत्तरी , १२ बैसाख
महोत्तरीको एकडारा गाँउपालीकामा नेपाली काँगे्रसका सक्रीय सदस्य पार्टी परीत्याग गरी स्वतन्त्र उमेदबारी दिन लागेके छ ।
नेपाली काँग्रेसका सक्रीय सदस्य रहेका मनोजकुमार झा सहीत चारजनाले आज पार्टी परीत्याग गरी स्वतनत्र उमेदबारी दिन लागेको जनाईएको छ । महोत्तरीमा नेपाली काँग्रेस टिकट बितरण गर्ने कार्यमा धाँधली गरेको भन्दै झा आफु सहीत शिबकुमारी ,रामस्नेही मण्डल र गौरी शंकर मिश्र सहीत चारजना पार्टीको साधारण सदस्यमा समेत न रहने गरी पार्टी परीत्याग गरेको बिज्ञप्ती जारी गरेको छ ।
पर्टीको नया बिधान अनुरुप स्थानीय , जिल्ला,प्रदेश सहीत केन्द्र सम्म सर्बेक्षण गरी स्थानिय सर्बसाधारणको चाहना र निणर्य निणर्य बमोजिम उमेदबार चयन गर्नुपर्ने प्रबधानलनई पाखा लगााउँदै दबाब र प्रभावमा परी एकल निणर्य गर्दै पार्टीको टिकट बाट बन्चीत गरेको भन्दै स्थानिय जनताको चाहना बमोजिम स्वतनत्र उमेदबारी दर्ता गराउने झा बताएका हुन् ।
बितेको स्थानिय चुनाबमा नेपाली काँग्रेसको टिकट बाट एकडारा गाँउ पालीकाको अध्यक्ष पदमा चुनाव लडेको मmा लाई यस पाली जित्ने सम्भवना प्रबल रहेको हुँदा स्थानिय जन चाहना बमोजिम झा सहिततका चारै जना स्वतन्त्र उमेदबारी दर्ता गराउने भएका छन् ।










































































































