गोपाल झा
महोत्तरी, ११वैशाख
नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १५ मध्ये पाँच वटा स्थानीय तहमा आज ११ गते सम्म उम्मेदबारको चयन गर्न सकेका छैन । १५ मध्ये १० वटा स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । साथै चारवटामा छलफल भइरहेको र बर्दिबास नगरपालिकामा विवाद बढेपछि केन्द्रमा पठाइएको जनाईएको छ । आइतबार नाम टुंगो लागेका १० स्थानीय तहका उम्मेदवारले सोमबार मात्र मनोनयन दर्ता गर्ने भएका छन् ।
आज आईतबार सम्म १५ मध्ये १० स्थानीय तह भंगाहा नगरपालिकाबाट ओमशंकर यादव, लोहारपट्टीबाट शैलेन्द्र यादव, बलवा नगरपालिकाबाट विनोद यादव, औरही नगरपालिकाबाट सुनिल यादव, महोत्तरी गाउँपालिकावाट दिलीप चौधरी, जलेश्वर नगरपालिकाबाट शम्भुनारायण पाठक, मटिहानी नगरपालिबाट उपेन्द्र चौधरी, पिपरा गाउँपालिकाबाट राधारमन, मनरा सिसवा नगरपालिकाबाट मोहन पाण्डे, गौशला नगरपालिकाबाट वसन्त गुरुङको नाम प्रमुखमा उम्मेदवारी दिने गरी टुंग्याएको कांग्रेसले जनाएको छ ।










































































































