• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमालेसँगको गठबन्धन पछि लोसपा पर्सा २ खेमामा विभाजित


एमालेसँगको गठबन्धन पछि लोसपा पर्सा २ खेमामा विभाजित

वीरगञ्ज, ९ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्सा जिल्लामा फेरी विभक्त हुने अवस्थामा पुगेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने लोसपा पर्साको निर्णयमा जिल्लाकै नेताहरुले असन्तुष्टी व्यक्त गरेपछि पर्सामा लोसपा २ खेमामा विभाजन भएको हो ।
५ दलिय सत्ता गठबन्धन भएपछि एक्लै चुनावमा लड्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै विचार र एजेण्डा मिल्ने पार्टीसँग तालमेल गरिएको लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा बताउँछन् । उनले भने, ‘उता ५ दल एक भएर लड्दा हामी पनि मिलेर लड्न सके विरोधीलाई हराउन सहज हुन्छ भन्ने लागेर मिल्ने निर्णयमा पुगेका हौँ । विगतमा नेकपा एमाले सरकारमा हुँदा पनि मधेशका केही मुद्धाहरु सम्बोधन भएकै हुन् । र फेरी पनि सत्तामा पुगेपछि अरु मागहरुलाई पनि सम्बोधन गर्ने आश्वासन पाएका छौँ
बिहिबार दुवै पार्टीका नेताले संयुक्त पत्रकार सम्मेलन गर्दै स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरदेखि वडासम्म गठबन्धन गर्ने सहमति भएको घोषणा गरेका थिए । घोषणा पत्रमा एमालेको तर्फबाट जिल्ला अध्यक्ष जयप्रकाश चौधरी र लोसपाको तर्फबाट जिल्ला अध्यक्ष पुरुषोत्तम झाले हस्ताक्षर गरेका छन् । सहमतिका अनुसार महानगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा लोसपाले आफ्नो उम्मेदवार उठाउने छ ।
आधिकारीक निर्णय नभएपछि एमालेबाट वर्तमान मेयर विजयकुमार सरावगी र लोसपाबाट उपमेयरमा पुरुषोत्तमलाल झा लड्ने लगभग पक्कापक्की भएको छ । झाले बिहिबार एउटा टेलिभिजनमा अनार्वार्ता दिँदै लोसपाबाट उपमेयरको उम्मेदवार आफू रहेको दावी गरेका थिए । लोसपासँग गठबन्धन गरेपछि आफु सशक्त हुने र ५ दलीय गठबन्धनलाई हराउन सक्षम हुने नेकपा एमालेको दावी भएपनि लोसपाको ठूलो समूहले गठबन्धनलाई लिएर असन्तुष्टी व्यक्त गरीरहेको छ ।
लोसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफले लोसपाले गठबन्धन गर्नुपर्ने कुनै आवश्यक्ता नभएको र एक्लै चुनाव लडेर जित्ने क्षमता भएको दावी गरेका छन् । एमाले र लोसपाबिच चुनावी तालमेलको खबर सार्वजनिक भएसँगै सर्राफले असहमति जनाएर उक्त निर्णयको विरोध गरेका थिए । तर विरोध गरेकै कारण सर्राफविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी अविलम्ब कारवाही गर्न नगर कमिटीले माग गरेको थियो । नगर कमिटीले जिल्ला कार्य समितिको लेटर हेडमा जिल्ला अध्यक्षलाई नै पत्र लेख्दै नगर अध्यक्ष सर्राफले अनुशासनविपरित पार्टीको विरुद्धमा गतिविधी बढाएको भन्दै कारवाहीको माग गरिएको छ ।सर्राफविरुद्ध कारवाहीको माग गर्दै सर्राफको पदसमेत खोसेर लोसपा वीरगञ्ज महानगर समितिको कार्यवाहक अध्यक्षमा शेख फिरोजलाई मनोनयन गरिएको छ । तर सर्राफले भने आफुलाई लोसपा अध्यक्ष महन्थ ठाकुरले अध्यक्षमा चयन गरेको भन्दै पदबाट हटाउने अधिकार पनि ठाकुरलाई नै भएको बताए । उनी भन्छन्, ‘मलाई पार्टीका अध्यक्ष महन्त ठाकुरले वीरगञ्ज महानगर अध्यक्षमा मनोनयन गर्नु भएको छ । वहाँमा नै मलाई निलम्बन गर्ने वा कारवाही गर्ने अधिकार सुनिश्चित छ । साथै वीरगञ्ज महानगर समितिको मेरो पक्षमा करिब दुई तिहाई बहुमत रहेको जानकारी गराउन चाहन्छु ।
अधिकार क्षेत्र भन्दा बाहिर गएर निलम्बन गर्ने भ्रमित खबरको सर्राफले खण्डण गरेका छन् । जिल्ला उपाध्यक्षत्रय राजेश कुमार साह, कृष्ण पटेल र देवानन्द यादवले पनि एमालेसँगको तालमेल अमान्य रहेको विज्ञप्ती निकालेर जानकारी गराएका छन् ।
लोसपाका सांसद्हरु पद गुम्ने डरले एमालेमा विधिवत रुपमा प्रवेश नगरेपनि एमालेकै लागि काम गर्दै आएको लोसपा नेता सुरेन्द्र कुर्मीको आरोप छ । सामाजिक सञ्जाल फेसबुकमा कुर्मी लेख्छन्, ‘लोसपाका सांसद्हरु आफ्ना नजिकका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै छन् । केही सिमित व्यक्तिहरुको स्वार्थ पुर्तीका लागि एमालेसँग साँठगााठ गरिएको हो
केन्द्रीय समितिले अहिलेसम्म कुनै आधिकारीक निर्णय सार्वजनिक नगरेको अवस्थामा जिल्लाले गठबन्धन गर्नुको कुनै अर्थ नरहेको लोसपा नेतृ रम्भा मिश्राको भनाई छ । मिश्राका अनुसार अहिले केन्द्रमा पनि यस विषयमा छलफल जारी रहेको र छलफलबाटै गठबन्धन गर्ने या नगर्ने ठोस निर्णय आउनेछ । गठबन्धन भएपनि आफुले नै उपमेयरको टिकट पाउने मिश्राको विश्वास छ । लोसपाबाट उपमेयरका लागि नेतृ रम्भा मिश्राले शुरुदेखि तयारी गरीरहेकी थिइन् ।
एक समूहले गठबन्धनको विरोध गरेपनि लोसपा पर्साका दिग्गज नेताहरु भने गठबन्धनको पक्षमा उभिएका छन् । पर्सा क्षेत्र नम्बर २ र ४ का प्रतिनीधिसभा सदस्यद्वय बिमल श्रीवास्तव र लक्ष्मणलाल कर्ण र प्रदेशसभा सदस्यद्वय रमेश कुर्मी र प्रह्लाद गिरीले गठबन्धनले समर्थन गरेका छन् । एकातिर प्रदेश सभादेखि प्रतिनीधि सभा सदस्यहरुले समर्थन गर्दा अर्को समूहले विरोध गरेपछि गठबन्धन होला कि नहोला भन्ने कुरा सबैको चासोको विषय बनेको छ । यात्रा दैनिक

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

११ बैशाख २०७९, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

११ बैशाख २०७९, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ बैशाख २०७९, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ बैशाख २०७९, आईतवार
Next Post
जनता समाजवादी पार्टीले जनकपुरधामकालागि टुंग्यायाे उमेदवार

जनता समाजवादी पार्टीले जनकपुरधामकालागि टुंग्यायाे उमेदवार

लाेसपाबाट टिकट नपाएपछि महाेतरीकाे औरही नगरपालिकामा लाेकतान्त्रिक समाजवादी नेता यादव गरे जसपा  प्रवेश

लाेसपाबाट टिकट नपाएपछि महाेतरीकाे औरही नगरपालिकामा लाेकतान्त्रिक समाजवादी नेता यादव गरे जसपा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh