• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने


वैशाख ३० मै स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको छ ।
केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दर्ता हुने एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भोलि मात्रै हुन्छ,’ उनले भने, ‘आज अबेरसम्म गठबन्धनको बैठक बसेर टुंगिएपछि अधिकांश दर्ता भोलि नै हुन्छ
माओवादी केन्द्रका नेता देव गुरुङले पनि नमिलेको ठाउँमा वार्ता गरेर टुंग्याउनुपर्ने भएकाले मिलेको ठाउँमा बोहक धेरै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने बताए । आजै टुंग्याउने प्रयास हुने र आज नटुंगिएको ठाउँमा उम्मेदवारी दर्ता गरेर पनि मिलाउन प्रयास हुने उनको भनाइ छ ।
सीमित जिल्लाहरुमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि धेरै ठाउँमा मिल्न सकेको छैन । कति जिल्लामा तालमेल हुने र कतिमा स्वस्थ प्रतिस्पर्धा हुने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेपछि थाहा हुने श्रेष्ठ बताउँछन् ।
सत्तारुढ नेपाली कांग्रेसले नै अधिकांश महानगरका मेयर/उपमेयर तथा उपमहानगरका मेयर/उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन । त्यो विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसका नेताहरुले शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लगाउने प्रयास गरेका भए पनि कुरा मिल्न सकेको थिएन ।
गठबन्धनको बैठक बस्दै
त्यस्तै नमिलेको ठाउँको विवाद मिलाउन सत्ता गठबन्धनको चुनावी संयन्त्रको बैठक समेत बोलाइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी संयन्त्रको बैठक बिहान ९ बजे बोलाइएको छ । उक्त बैठकपछि गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक हुने छ ।
गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संयन्त्रले दिएको सुझावका आधारमा शीर्ष नेताहरुले यो बैठकमा विवादित ठाउँबारे निर्णय लिने छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

११ बैशाख २०७९, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

११ बैशाख २०७९, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ बैशाख २०७९, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ बैशाख २०७९, आईतवार
Next Post
एमालेसँगको गठबन्धन पछि लोसपा पर्सा २ खेमामा विभाजित

एमालेसँगको गठबन्धन पछि लोसपा पर्सा २ खेमामा विभाजित

जनता समाजवादी पार्टीले जनकपुरधामकालागि टुंग्यायाे उमेदवार

जनता समाजवादी पार्टीले जनकपुरधामकालागि टुंग्यायाे उमेदवार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh