गोपाल झा
महोत्तरी ,१० बैसाख
मधेश प्रदेशको महोत्तरी सहितका मध्य तराईमा केही दिनदेखी बढदै गएको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ ।
पश्चिमी वायु र लगातार चलिरहेको गर्म हवाका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।
अन्नबालीको भण्डर मानिने मध्य तराईमा तापक्रमको अस्वभाविक घटबढले यहाँका जनजीवन मात्रै प्रभाबित न भई अन्न उत्पादन समेत घटेको छ । गर्मीको कारण बिभिन्न प्रजातिका फट्याङ्ग्राको प्रकोपले बालीनालीमा क्षती हुने सम्भावना बढी हुने कृषी प्राबिधीकहरुको आँकलन छ । अन्नबालीमा किराको प्रकोप क मगर्नलागी, रासायनिक मल तथा बिषादी औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको देखीन्छ ।
जलवायु परिवर्तनको असर धमाधम सर्वसाधारणमा देखिन थालेपछि विज्ञहरुको सुझावअनुसार महोत्तरीमा पनी हरित अभियान सञ्चालन गरिएको छ । महोत्तरीका जनप्रतिनिधि तथा संघीय संसद गिरिराजमणि पोखरेलले महोत्तरीमा करिब एक लाख बिरुवा रोप्ने अभियान चलाएका छन् ।
बस्ती बढेसँगै अहिले महोत्तरीका हरिया जङ्गल अतिक्रमण हुन थालेका छन् । भू-माफियाको चलखेलले सामुदायिक वन क्षेत्र समेत धमाधम अतिक्रमण गरेर बस्ती बस्न थालेको छ ।
मानवीय क्रियाकलाप कै कारण जलवायु परिवर्तनमा व्यापक हेरफेर भएको र यसलाइ न्यूनिकरणको लागि वृक्षारोपण तथा मानवका नकारात्मक क्रियाकलाप कम हुनु पर्ने वैज्ञानिकहरूको सल्लाह रहेको छ ।
एक तथ्यांकअनुसार महोत्तरीको २० बर्षको तापक्रम हेर्दा अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ । वैज्ञानिकहरूले पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्नेमा हाल त्यो सीमाभन्दा निकै बढी भइरहेको छ ।
संयुक्त राष्ट्रसंघले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनमा पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउनु पर्ने आवश्यताालाई जोड दिइएको छ ।
बढ्दो गर्मीका कारण सर्प लगायतका किरा फट्याङ्ग्राको पनी बिगबिगी भएको छ । जसले मानव सहीत बालीनाली समेत प्रभाबित भएको छ । पछिल्लो केही बर्षयता जाडोयाममा अत्याधिक जाडो र गर्मीयाममा अत्याधिक गर्मीका महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्ने गरेको छ ।
अत्यधीक गर्मीको बेला अधिक मात्रामा पानी पीउने ,ताजा फलफुल लगायत पेय पदार्थको सेबन आबस्यक रहेको चिकित्सकले सल्लाह दिएको छ ।










































































































