• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान


महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान

सुरेश बिडारी
७ वैशाख, वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् ।
निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै त गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले बताएका छन् । स्वतन्त्र युवा समूहले मंगलबार बर्दिबास-३ गौरीडाँडास्थित पार्क र खड्ग होटलको अगाडि विपी राजमार्गमा ‘नो लालपुर्जा नो भोट’को बोर्ड समेत लगाएका छन् । बोर्डमा ‘जनता झुक्याउन पाइँदैन, झुटो बोल्ने नेता चाहिँदैन’ भनेर पनि लेखिएको छ ।
स्वतन्त्र युवा समूहका सहसंयोजक राम लामाले यसपटकको स्थानीय चुनावमा भोट माग्न आउनेसँग लालपुर्जा माग्ने निर्णयमा पुगिएको बताए । ‘हरेकपटक चुनावमा नेताहरु आउँछन्, लालपुर्जा दिलाउँछौं भन्ने आश्वासन दिएर भोट लिएर जान्छन्,’ उनले भने, ‘मन्त्री बन्छन्, सांसद बन्छन्, बिर्सिन्छन्, हाम्रो समस्या जस्ताको त्यस्तै छ ।
बर्दिबास नगरभरी अभियान सञ्चालन गर्ने तयारीमा युवाहरु जुटेका छन् । निर्वाचनमा व्यापक खर्च गर्ने परिपाटी विरुद्ध पनि आफूहरुले आवाज उठाउने उनीहरुको भनाइ छ ।
गौरीडाँडा सहित बर्दिबास नगरपालिकामा ९ हजार ४ सय ३६ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ । आवेदन माग गर्दा जानकारी नपाएर कतिपयले आवेदन नै दिन छुटाएका छन् । दोस्रो चरणमा निवेदन माग गरेर उनीहरुलाई पनि प्रक्रियामा समेट्ने तयारीमा नगरपालिका छ ।
नगर प्रमुख विदुर कुमार कार्की नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको बताए । ‘एक चरण अभिलेखीकरण भइसकेको छ, नापजाँच भइरहेको छ । त्यसपछि दावी–विरोधको प्रक्रिया हुन्छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता लागेकाले गर्दा काम सोचे अनुसार गर्न सकेका छैनौं । तर स्थानीय पालिका, आयोग, मन्त्रालय सबै यसपटक लालपुर्जा वितरण गर्ने हिसाबले नै लागेका छौं ।
यो आर्थिक वर्षमा भूमि सम्बन्धी समस्या समाधान गर्ने गरी पालिका अघि बढेको उनको भनाइ छ । ‘समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा छौं, सरकारमा भएको फेरबदल, आयोग गठनमा ढिलाई लगायतका कारणले काममा ढिलाइ भएको हो,’ उनले भने, ‘पालिकाबाट कुनै कसर बाँकी राखेका छैनौं ।Onlinekhabar

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

७ बैशाख २०७९, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

७ बैशाख २०७९, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

७ बैशाख २०७९, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

७ बैशाख २०७९, बुधबार
Next Post
मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी  ढुक्क

मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी ढुक्क

मताधिकारको सदुपयोग गर्न जान्छु तर चुनावमा नेताको भाषण सुन्ने फुर्सद छैन  महोत्तरीका किसान मतदाताको भनाई

मताधिकारको सदुपयोग गर्न जान्छु तर चुनावमा नेताको भाषण सुन्ने फुर्सद छैन महोत्तरीका किसान मतदाताको भनाई


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh