• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल


एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल

वैशाख ६ गते । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ ।स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । तर शीर्ष नेताहरू काठमाडौंमा भएकाले ठोस रुप दिन सकिएको छैन’, ती नेताले भने ।एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंह पनि तालमेलबारे छलफल अगाडि बढेको बताउँछन् । ‘चाँडै टुंग्याउने प्रयास भइरहेको छ । अनौपचारिक छलफल त भइरहेकै छ’, उनी भन्छन् ।एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।महानगर कमिटीबाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ । प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । बाँकी उम्मेदवारबारे भने एमालेले कुनै निर्णय गरेको छैन । ‘सम्भावित तालमेलकै लागि नै ठाउँ राखिएको हो’, नेता सिंह भन्छन् ।जसपा (तत्कालीन संघीय समाजवादी फोरम) का उम्मेदवार बनेर ०७४ को चुनावबाट १९ हजार ३९३ मत ल्याउँदै सरावगीले मेयर जितेका थिए । गएको २८ फागुनमा पार्टी प्रवेश गरेका सरावगीलाई नै एमालेले अगाडि बढाएको छ ।नेताहरुका अनुसार, लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । त्यसमा लोसपा नेतृत्व सहमत भए वीरगञ्ज महानगरमा तालमेल हुनेछ ।तर ०७४ को मत परिणाम हेर्ने हो भने लोसपा एमाले भन्दा ठूलो दल हो । यस चुनावमा लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टी) ले वीरगञ्ज महानगरमा जसपा (तत्कालिन संघीय समाजवादी फोरम) पहिलो र नेपाली कांग्रेसपछि धेरै मत ल्याएको थियो ।तत्कालिन राजपाबाट उम्मेदवार बनेका राजेशमान सिंहले १२ हजार १६५ मत ल्याएका थिए । यसपटक राजेशमान पनि लोसपामा छैनन् । उनी जनता समाजवादी पार्टी प्रवेश गरिसकेका छन् । सत्तारुढ दलहरुले तालमेलको भागवण्डा गर्दा वीरगञ्जको नेतृत्व जसपाले पाउने निर्णय गरिसकेका छन् ।०७४ को निर्वाचनमा वीरगञ्ज महानगरमा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले आठ हजार ६८८ मत ल्याएका थिए । मेयर जितेका तत्कालिन संघीय फोरमका उम्मेदवार सराबगीले १९ हजार ३९३ र कांग्रेस उम्मेदवार अजय द्विवेदीले १७ हजार १९७ र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८ हजार ३०५ पाएका थिए । अनलाईनखबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

६ बैशाख २०७९, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

६ बैशाख २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

६ बैशाख २०७९, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

६ बैशाख २०७९, मंगलवार
Next Post
जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने

जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने

एमसीसी संसदमा आज टेबल नहुने, अन्तिम छलफल गर्न भोली गठबन्धनको बैठक बस्ने

जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh