नागेन्द्र कुमार यादव
महोत्तरीको औरही नगरपालिका वडा नम्बर ९ अगलेशरामा निशुल आँखा शिबिर सम्पन्न गरेका छन । नगरपालिकाकाे वडा नम्बर ९अगलेशरामा रहेका श्री जनता निम्न माध्यमिक विद्यालयमा औरही नगरपालिकाकाे उप मेयर रेणु देवि झाकाे आयोजनामा तथा तेज काेहलि र रुईत फाैउडेशनकाे सहयाेगमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा लाेकतान्त्रिक समाजवादी तथा विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुको सहयाेसमेत रहेका छन ।झाले नगरपालिकाकाे विभिन्न वडामा निशुल शिबिर चलाउदै आएका छन । उक्त शिविरमा लाेसपा नेपालका नेता झाद्वारा सम्पूणर् बिरामीहरुलाई निशुल्क औषधि बितरण गरेका थिए ।
सो कार्यक्रममा जानकी आँखा अस्पताल जनकपुरका प्रशिक्षक तथा अनुभबी र ख्याती प्राप्त चिकित्सकद्वारा सफल उपचार भएको छ । त्यस शिविरमा १४५ जनाले आँखाको परीक्षण गराएका थिए जसमध्ये ३६जनालाई मोतियाबिन्दु भएको छ ।
मेतियाबिन्दु हुने ३६जना बिरामीहरुको उपचारको लागी लाेसपा नेपालका नेता ज्ञानेन्द्र झा ज्ञानुले निजी श्रोतबाट जनकपुर आँखा अस्पतालमा बिरामी लैजाने यातायातको सुविधा दिइने स्थानिय नेता राज कुमार यादवले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बुद्धिजिवी, भरभलादमी, शिक्षक, पत्रकार, समाजसेवी र स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात् स्पतालकाे अध्यक्ष यादवले अगलेशराकाे मुसहर बस्तिमा घुमेर मुसहरहरुसंग भेटघाट गरेका छन।भेटगर्नेक्रममा उहाहरुलाइ आफना बच्चालाइ शिक्षा अनिवार्य दिन सलाह सुझाब दिनुभाे ।विभिन्न ठाउकाे उदाहरण देखाउदै शिक्षित र मुर्खकाे अन्तर बुझाउदै जिवनमा प्रगति गर्न शिक्षा अनिवार्य रहेका जानकारी दिनुभयाे ।










































































































