गोपाल झा
महोत्तरी ,१३ चैत्र
आगामी बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनका लागी आबस्यक म्यादी प्रहरीमा भर्नाका लागी आवेदन दिएकाहरुको छनौट गर्न महोत्तरीमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरीक तन्दुरुस्ती परीक्षाको मिति तय गरिएको छ ।
म्यादी प्रहरी भर्नाको लागी चैत ६ गते देखि ११ गते सम्म तोकीएको मितिमा १० नगरपालिका र ५ वटा गाउँपालिका गरी महोत्तरीकको १५ स्थानियत बाट ८ हजार ५५ जना मध्ये ७ हजार २५५ पुरुष र ८ सय जना महिला म्यादी प्रहरीका लागि आबेदन दिएका छन् ।
आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गते देखि प्रशिक्षण सुरु हुने जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्ट सुचना प्रकासीत गरीएको बताएका हुन् ।










































































































