नेविसंघको जिल्ला महोत्तरी बाट केन्द्रिय सदस्य पदमा चन्दन तिवारी उम्मेदवारको रुपमा उम्मेदवारी दिने भएको छ ।
केही दिन अघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका १० भ्रातृ संस्थाको तदर्थ समिति फागुन मसान्तभित्र बनाउने निर्णय भएपछि उनी उम्मेदवारी दिने आकाँक्षासहित उनको पक्कड बलियो मानिएको छ ।
नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णय बमोजिम पार्टीले नेपाल विद्यार्थी संघको तदर्थ समिति निर्माणलाई तीव्रता दिएसँगै नेविसंघका आन्तरिक महोत्तरी का युवा विद्यार्थी नेता चन्दन तिवारी नेपाल विद्यार्थि संघ का केन्द्रिय सदस्य को प्रबल दावेदार बनेका छन । तिवारी लामो समय देखी महोत्तरी तथा धनुषा मा हुँदै आएको पार्टी तथा विद्यार्थी संघ का कार्यक्रम हरुमा आफ्नो अहम उपस्तिथि जनाएका हुन । रा.रा.ब क्याम्पस जनकपुर बाट विद्यार्थी हरुको हकहित का लागी निरन्तर लागेका तिवारी पार्टी को निर्देशन सहित आम जनमानस को गुनाशो लाई सरकार समक्ष ध्यानाकर्षण गराउन पनि निकै सक्रिय रहेका छन ।
आफ्नो गृह जिल्ला महोत्तरी का युवा विद्यार्थी लाई समेटदै स्थानिय मुद्दाहरु मा केंद्रित रहि निकै कम समयमा आफ्नो राम्रो छाप छोड़न सकेका हुन ।










































































































