• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंहले गरे जसपा प्रवेश


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंहले गरे जसपा प्रवेश

वीरगञ्ज, ७ चैत

लोसपा त्यागेर राजेशमान सिंहले सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन् ।
जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, अब्दुल रहिम अन्सारी (मञ्जुर अन्सारी) लगायतका नेताहरुले वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहलाई फूलमाला लगाएर जसपा प्रवेश गराएका छन् । सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीति दल त्यागेर युवाहरुको एउटा ठूलो समूहले पनि जसपा प्रवेश गरेको छ । सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने जसपाको तयारी छ । जसपा (तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल) बाटै निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एमाले प्रवेश गरेपछि जसपाले सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडी सार्दै छ ।
उनि यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर तेस्रो स्थान ल्याएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा सिंहले १२ हजार १६५ मत ल्याएका थिए ।
सिंह पनि यसअघि नेकपा एमालेमा प्रवेश गर्न लागेका थिए । वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाउने आश्वाशनका साथ उनि एमाले प्रवेश गर्न लागेका थिए । एमाले प्रवेश गर्न लागेको भन्दै उनले वीरगञ्जमा पत्रकार सम्मेलन मार्फत जानकारी पनि गराएका थिए । तर, उनि प्रवेश गर्नु अगाडि नै वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनि अन्योलमा परेका थिए ।
जिल्लामा एमालेको एउटा समूहसँग मेयरको टिकट पाउने सहमति गरेर पार्टी प्रवेश गर्न लागेका सिंह भन्दा अगाडी सरावगीले अर्को समूहसँग मिलेर एमाले प्रवेश गरेका थिए । एमालेमा निर्वाचित मेयरले प्राथमिकता पाउने देखेपछि सिंहले जसपालाई रोजेका हुन् । यता, सरावगी गएपछि जसपासँग पनि वीरगञ्ज महानगरको मेयर पदका लागिदरिलो उम्मेदवार थिएन ।
सिंहको जसपा प्रवेशसँगै वीरगञ्जमा मेयर पदका लागि प्रतिश्पर्धा रोचक हुने भएको छ । व्यपारिक पृष्ठभूमिबाट राजनीतिमा आएका वीरगञ्जका मेयर सरावगीलाई यसअघि निर्वाचन जित्न मधेश आन्दोलनको लहरले पनि ठूलो सहयोग गरेको थियो । वर्षौँदेखि कांग्रेस, एमालेले देशलाई लुटेर खाएको आरोप लगाउँदै भोट बटुलेका सरावगी यसपटक त्यही एमालेबाट मेयर लड्दै छन् । अर्कोतर्फ मधेश आन्दोलन गरेर मधेश वादी दलले जनतालाई मुर्ख बनाए, आन्दोलनलाई सत्तामा पुग्ने सिढी बनाए जस्तो आरोप लगाएर एमाले जान लागेका सिंह अब पुन: मधेशवादी दलमै फर्केका छन् ।
यता, नेपाली कांग्रेसले आफ्नो मेयरको उम्मेदवार घोषणा नगरेको कारण अहिलेसम्म वीरगञ्जमा दुई पक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । यद्दपी, गत स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान हासिल गरेको कांग्रेसले पनि राम्रो उम्मेदवार ल्याउने हो भने प्रतिष्पर्धा त्रिपक्षीय हुनेछ । यसअघि मेयर लडेका अजय द्विवेदीले यसपटक सांसद् लड्ने चर्चा रहेको कारण कांग्रेसले अहिलेसम्म कसैलाई पनि मेयरको उम्मेदवारका रुपमा अगाडी सारेको छैन । वीरगञ्जमा अन्य कुनै दल खासै उपस्थिति नरहेकोले कांग्रेस, एमाले र जसपा बीच नै प्रतिष्पर्धा हुनेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

७ चैत्र २०७८, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

७ चैत्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

७ चैत्र २०७८, सोमबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

७ चैत्र २०७८, सोमबार
Next Post
नेविसंघ महोत्तरी जिल्ला बाट केन्द्रिय सदस्य पद मा तिवारी दिए उम्मेदवार

नेविसंघ महोत्तरी जिल्ला बाट केन्द्रिय सदस्य पद मा तिवारी दिए उम्मेदवार

सोनमा गाउपालिका प्रमुख भ्रष्टाचारी र कमिसनखोर रहेको छ- उप प्रमुख बिभा साह

सोनमा गाउपालिका प्रमुख भ्रष्टाचारी र कमिसनखोर रहेको छ- उप प्रमुख बिभा साह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh