नागेन्द्र साह
गौशाला
न्यायको लागि माग गर्दै स्थानियहरुले ईलाका प्रहरी कार्यालय गौशाला घेराउ गरेका छन् । सोमबार ईलाका प्रहरी कार्यालयको मुलगेटमा गौशाला नगरपालिका १० का स्थानियहरुले घेराउ गरेका हुन । घरमा स साना छोरीहरुलाई छाडेर गाँउकै युवक सुनिल रामसँग श्रीमती फरार भएपछि सोको लिखित जानकारी प्रहरीमा दिदा समेत प्रहरीले कुनै सुनवाई नगरेको गौशाला १० का संजिव रामले बताए । संजिवले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा भने, ‘विदेशबाट फर्किएपछि श्रीमतीको व्यवहारमा परिवर्तन देखा पर्यो । नभन्दै एकदिन श्रीमतीले विदेशबाट पठाएको २ लाख रुपैयाँ र कान्छी छोरी सुस्मालाई साथमा लिएर फरार भएकी छिन् ।’ आफुले वुहारीलाई कुनै किसिमको वेवासता नगरेको समुन्द्री देवी रामले बताईन् । छोराले विदेशबाट श्रीमतीकै नाममा पैसा पठाउथ्यो । यता आफुले पाउने समाजिक सुरक्षाभता पनि उनलाई दिदै आएको समुन्द्रीको भनाई रहेको छ । पछिल्लो समयमा आमाले आफुहरुलाई खासै वास्ता नगरेको ११ बर्षिया छोरी नेहा कुमारीले भनिन् । उनले भनिन्, ‘सँगै सिलाईको काम गर्ने गाँउकै सुनिललाई वारम्बार फोन गर्ने गर्दथ्यो । सानीआमा र अंकलले सम्झाउँदा समेत अटेर गर्दै आएकी थिईन् ।’ पिडितलाई नै दोषी बनाएर रिनाले जिल्ला अदालतमा मुदा दायर गरेपछि छलफल गर्नका लागि समस्या भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । हामीले छलफलको लागि अनेकौपटक बसाउने प्रयास गर्दा सुनिलपक्ष नआएको प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताए । अव भोली विहान ११ बजेको समयमा छलफल गर्ने शर्तमा धर्ना कार्यक्रम स्थगित भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।










































































































