• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मिथिलाको महाकुम्भ माध्यमीकी परिक्रमा छेैठौ बिश्राम महोत्तरीको मडैमा


मिथिलाको महाकुम्भ माध्यमीकी परिक्रमा छेैठौ बिश्राम महोत्तरीको मडैमा

गेपाल झा
महोत्तरी , २४ फाल्गुन
मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमीकी परिक्रमा अन्तरगत परिक्रमा यात्रुहरु पाँचौ बिश्रामको लागी आज मंगलबार महोत्तरी जिल्लाको मडै पुगेका छन् ।
शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा विहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिए पछि औपचारिक रुपमा प्रारम्भ भएको छ ।
परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमीकी परिक्रमा बिहीबारदेखि सुरु भएको हो ।
फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा बिहीबारदेखि सुरु भएको हो । परिक्रमामा सहभागीहरु क्रमशः फूलहर स्थित गिरिजास्थान हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर र फागु पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा गरेपछि समापन हुने छ ।
पन्द्रह दिवसीय परिक्रमा अन्तर्गत छैठौ दिन महोत्तरीको मडैमा परिक्रमा यात्रु पुग्ने भएपछि परिक्रमा यात्रुहरुलाई स्थानिय संघ संस्था र मडै ग्रामबासीहरु स्वागतमा जुटेका छन् ।
सोमबार परिक्रमाका यात्रीहरु जलेश्वरनाथ महादेवको दर्शन गरी जलेशवरमा रात्री बिश्राम पश्चात आज मडै पुगेका छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् । त्यस्तै सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ । आठौँ दिन यात्रीको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ । कन्चनबन पुगेपछी परीक्रमामा सहभागी साधुसन्त सहित परीक्रमाबासीहरु एकआपसमा रंगअबिर खेल्दै होरी मनाउने परम्परा रहेको छ ।
त्यसैगरि नवौँ दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् । दसौँ दिन यात्रुहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले तोडेको धनुषका एक टुक्रा यहाँ खसेको जनविश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । यहाँ विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ ।
यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ । एघारौँ दिन यात्रीको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ । त्यस्तै बार्‍हौँ दिन तिर्थालुको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् । तेर्‍हौँ दिन भारतको विशौल परिक्रमा यात्रुको गन्तव्य हो ।
चौधौँ दिन परिक्रमाका यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै पर्दछ । पन्ध्रौँ दिन परिक्रमाका यात्री जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूरणिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूणर्िमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमा अन्तगृह पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठ,मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन् । यसरी मिथिला परिक्रमाको १५ दिवरीय यात्रा सम्पन्न हुन्छ ।
परिक्रमा यात्रु लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । महाशिवरात्रि सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष सँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२४ फाल्गुन २०७८, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२४ फाल्गुन २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२४ फाल्गुन २०७८, मंगलवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२४ फाल्गुन २०७८, मंगलवार
Next Post
नेपाली नारी समाज पोर्चुगलद्वारा खाधान्न सहयोग

नेपाली नारी समाज पोर्चुगलद्वारा खाधान्न सहयोग

लोसपाका सयौ नेता कार्यकर्ता जसपामा

लोसपाका सयौ नेता कार्यकर्ता जसपामा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh