• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषा र महोत्तरीको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन मधेश सरकारको निर्देशन


धनुषा र महोत्तरीको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन मधेश सरकारको निर्देशन

जनकपुरधाम, फागुन ११ गते ।
मधेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा खोज्ने क्रममा मधेश सरकारले धनुषा र महोत्तरीमा रहेको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ ।
धनुषा र महोत्तरीको नापी, मालपोत र गुठी संस्थान कार्यालयलाई सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन प्रदेश सरकारले निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेशको राजधानीको चार किल्लाभित्र पाँच बिघाभन्दा बढी क्षेत्रलफलका सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएका हुन्।
गत माघ ३ गते प्रदेशसभाबाट मधेश प्रदेशको राजधानीको टुङ्गो लागेको हो । धनुषा र महोत्तरीमा प्रदेशको राजधानी फैलिएको हो
प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री यादवको संयोजकत्वमा समिति गठन गरेर जग्गा खोजी गरिरहेका छन्।
समितिका संयोजक मन्त्री यादवले धनुषा र महोत्तरीको मालपोत, नापी र गुठी संस्थाका प्रमुखसँग संयुक्त बैठक गरी सात दिनभित्र तथ्यांक उपलब्ध गराउन निर्देशन दिएका हुन्।
मन्त्री यादवले राजधानीको चार किल्लाभित्र रहेका पाँच बिघाभन्दा बढी खाली जग्गाको तथ्यांक उपलब्ध गराउन भनेको भन्दै उनले तथ्यांक उपलब्ध भएपछि जग्गा खोज्न सहज हुने बताए।
यादवले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि अहिले जनकपुर विमानस्थल नजिक रहेको गुठी संस्थानको १० बिघा र पुल्चोकनजिक रहेको ५२ बिघा जग्गाको निरीक्षण तथा अनुगमन गरिसकेको बताए।
दुईवटा जिल्ला मिलेर मधेस प्रदेशको राजधानी बनेको छ। मधेस प्रदेश सरकार गठन भएपछि जनकपुर चुरोट कारखानाको भवन तथा परिसरबाट प्रशासनिक काम हुँदै आएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामको मुर्लीचौकस्थित भने बाँकी सबै मन्त्रालय चुरोट कारखानामा छ। कुवारामपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा अहिले प्रदेशसभा छ।
जग्गा खोज्नका लागि रहेको समितिमा उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ फाल्गुन २०७८, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ फाल्गुन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

११ फाल्गुन २०७८, बुधबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

११ फाल्गुन २०७८, बुधबार
Next Post
आदिवासि जनजाती लाई राजनितक अधिकारवाट वञ्चित गर्दै डा. भट्टराई

आदिवासि जनजाती लाई राजनितक अधिकारवाट वञ्चित गर्दै डा. भट्टराई

सपनाले ल्याईन जीवनको रहस्य गजल संग्रह

सपनाले ल्याईन जीवनको रहस्य गजल संग्रह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh