जलेश्वर
गोपाल झा ,३ माघ
महोत्तरीमा कोरोना भाईरस बिरुद्धको खोप कार्डबिना सरकारी सेवा लिन नपाइने, जिल्ला प्रशासन कार्यालय महोत्तरीले निदेर्शन जारी गरेको छ ।
भारतसँग सीमा जोडिएको महोत्तरी जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारी सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नेपाली नागरिकले अनिवार्य रुपमा खोपको पूणर् मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएको हूँदा उमेर पुगेका सबै नागरीकहरुले अनिवार्य रुपमा खोप लगाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना जारी गरी सबैमा अनुरोध गरेको छ ।
त्यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढीको सभा,भेला, महोत्सब भेला,र्याली बैठक,गोष्ठी आदी नगर्न ,नगराउन सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायात साधनको प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्न आह्वान गरिएको छ ।
तोकीएको निएम उल्लंघन गरी निणर्यलाई वेवाास्ता गरीएमा जिल्ला प्रशासन कायालय ले कानुन बमोजिम कारवाही हुने ब्यहोरा समेत जनाएको छ ।









































































































