गेपाल झा२३ पुष
महोत्तरी जिल्लाको गौशाला स्थित कुखुरा फार्ममा आगलागी हुदा लाखौ मोल बराबरको क्षति भएको छ । गौशाला न.पा. ४ रजखोर बस्ने रामबाबु महतोको खरको छानो भएको एकतले फुसको छानो रहेको कुखुरा फार्ममा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा जिन्सी समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाइएको छ ।
शुक्रबार बिहान ११ बजे भएको आगलागीको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गौशालबाट खटेको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोग तथा दमकलको सहायताले करिब १ घण्टाको प्रयासमा आगोलाई नियन्त्रण गरीएको छ ।
आगलागी बाट करिब २ लाख बराबरको जिन्सी सामानहरुको क्षति भएको प्रहरीले जनाएको छ घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









































































































