अत्यधिक जाडो बढेपछि महाेतरी जिल्लाकाे साेनमा गाउँपालिकाले विद्यालय बन्द गर्ने सुचना जारी गरेकाे छ । साेनमा गाउँपालिककाे शिक्षा संयाेजक राज कुमार साहले एक विज्ञप्ति जारीगरि विदाकाे जानकारी गराइएकाे छ ।
तराईका जिल्लामा बिगत एक सातादेखिको शीतलहरले जनजीवन प्रभावित बनेको छ ।
चिसोले बालबालिकालाई विद्यालय जान कठिन भएपछि साेनमा गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले साेमबार सूचना जारी गर्दै यही पुस २३ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।
तर, प्रदेश २ का अन्य स्थानीय तहले भने चिसो बढेपनि विद्यालयमा पठनपाठन जारी राखेका छन भन्ने कतिपयले बन्द गरिरहेका छन ।









































































































