गेपाल झा
महाेतरी,१३ पुष
निर्बाचन आयोग द्वारा महोत्तरी सहित देशभर मतदाता नामाबली संकलनको कार्य संचालन गरेका छन । महोत्तरीको १५स्थानयि तहमा दुई चरणमा मतदाता नामाबली संकलन भै रहेको छ । पहलि चरणमा १३ हजार भन्दा बढी नया नाम दर्ता भएको छ ।
मतदाता नामाबलीमा कोही न छुटौ उदेस्य सहित नागरीकको सहजताको लागी अहिले देशै भरका स्थानिय तहमा मतदाता नामाबली संकलन टोली खटाईएको छ । ७७ वटै जिल्लाको जिल्ला निर्बाचन कार्यालय ७७ वटै जिल्ला प्रशासन कार्यालय सहित बिभिन्न जिल्लाको ४० वटा इलाका प्रशासन कार्यालय तथा स्थानिय तहहरुमा मतदाता नामाबली संकलन कार्य संचालनमा रहेको छ । गत मंसीर १७ गते देखी सुरु भएको मतदाता नामाबली संकलनको कार्य पुष १८ गते सम्म संचालन हुने छ ।
देशकोे अन्य जिल्ला जस्तै महोत्तरीमा पनी नया मतदाता नामाबली संकलनकोे कार्य भै रहेको छ । महोत्तरीमा दुई चरणमा मतदाता नामाबली संकलनको कार्य भै रहेको छ ।
१५ वटा स्थानिय तह रहेको महोत्तरीमा पहिल चरणमा मंसीर १७ गते देखी पुष २ गतेसम्म ६ टा स्थानिय तहमा मतदाता नामाबली संकलनको कार्यक्रम सम्पन्न भएको छ । पहिल चरणमा सोनमा गाँउपालीका ,सम्सी गाँउपालीका , लोहारटी नगरपालीका मनराशिसवा नगरपालीका ,रामगोपालपुर नगरपालीका र भंगहा नगरपालीकामा मतदाता नामाबली संकलनको काम सम्पन्न भएको छ ।
यस अबधिमा यी छ वटा स्थानिय तहमा १३ हजार ६५७ जना आफ्नो नाम दर्ता गराएका जिल्ला निर्बाचन कार्यालय महोत्तरीको निर्बाचन अधिकृत सुबोध कुमार महतो जानकारी दिएका हुन् । त्यस्तै दोश्रोचरणमा पुष ४ गते देखी जिल्लाको बाकी छौ वटा स्थानिय तहमा मतदाता नामाबली संकलनको कार्य संचालनमा रहेको छ । दोश्रो चरणमा जिल्लाका एकडारा गाँउपालीका , महोत्तरी गाँउपालीका , पिपरा गाँउपालीका ,बलबा नगरपालीका ,मटिहानी नगरपालीका र औरही नगरपालीकामा संकलनको कार्य भै रहेको छ । यी पालीकाहरुमा पुष १८ गते सम्म मतदाता नामाबली संकलन टोलीले संकलनको कार्य गरीने जिल्ला निर्बाचन अधिकृत महतो जानकारी गराएका हुन् । अधिकृत महतोको अनुसार पहिल चरणको मतदाता नामाबली संकलन अभियानको अबधिमा छौ वटा स्थानिय तह बाट १३ हजार ६५७ जनाले मतदाता नामाबलीमा नाम दर्ता गराउका छन्् । १५ मध्ये १२ वटा स्थानिय तहमा टोली खटाईएको भए पनी महोत्तरीमा ३ वटा पालीका जलेश्वर नगरपालीका गौशाला नगरपालीका र बर्दीबास नगरपालीकामा मतदाता संकलन टोली खटाइएको छैन । जलेश्वर नगरपालीकामा जिल्ला निर्बाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय त्यस्तै गौशाला नगरपालीका र बर्दीबास नगरपालीका स्थित ईलाका प्रशासन कार्यालय भित्र नया मतदाता नाम दर्ताको कार्य हुँदै आईरहेको हुनाले यी तिन स्थानिय तहमा मतदाता नामाबली संकलन टोली न खटाईएको जिल्ला निर्बाचन कार्यालय महोत्तरी जनाएको छ । साथै १८ गते सम्म नाम दर्ता गराउन छुटेकाहरु अन्य समयमा जिल्ला निर्बाचन कार्यालय जलेश्वर, जिल्ला प्रशासन कार्यालय जलेश्वर र ईलाका प्रशासन कार्यालय बर्दीबास तथा गौशालामा आफ्नो नामाबली दर्ता गराउन सक्ने जिल्ला निर्बाचन अधिकृत महतो बताएका हुन् ।
निर्बाचन अयोग नामाबली संकलनको लागी देशभर दुई हजार ३ सय कर्मचारी खटाएका छन’। पुष २० गते सम्म देशकोे सबै ७५३ स्थानिय तहमा मतदाता नामाबली संकलनको कार्य सम्पन्न गर्ने आयोगको लक्ष्य रहेको छ । आयोगले आगामी चैत्र ४ गते अन्तीम मतदाता नामाबली प्रकासन गरीने भनिएको छ । अहिले देशभर १ करोड ६२ लाख ४३ हजार ११० मतदाता रहेको छ । संचालन भई रहेको मतदाता नामाबली संकलन अभियान कार्यक्रम बाट देशभर करीब १० लाख मतदाता थप हुने अनुमान आयोगको छ । नागरीक आफ्नो मताधिकार बाट बन्चीत न होस उदेश्यले मतदाता नामाबलीमा नाम दर्ता गराउन आयोग सबेैमा अनुरोध गरेका छन् । १८ बर्ष उमेर भएका नेपाली नागरीक्ता प्राप्त गरी सकेको सबेै नागरीक मतदाता नामाबलीमा आफ्नो नाम समाबेस गर्न पाउन सक्ने छन् ।









































































































