५०लाखकाे लागतमा पूर्व स्वास्थ्य राज्यमन्त्री एवम महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादवले संचालन गर्न लागेकाे हस्पिटलकाे समुदघाटन कार्यक्रममा जसपा नेपाल महाेतरी क्षेत्र नम्बर ४काेे अध्यक्ष एव प्रदेश २काे पूर्व कानुन राज्य मन्त्री सराेज सिंह कुश्वाहाले उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मुलुकमा प्रजतान्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै कुश्वाहाले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइ सकेको बताउनु भयो । त्याे कामदेखेर संघिय सरकारपनि विभिन्न किसिमका घेराबन्दिमा राख्ने प्रयास गरेका कयाैँ उदाहरण हरु रहेका छन प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित , महिला मुस्लिम लगायतको समुदायलाई बालबालिकाको शिक्षामा जोड दिनु आग्रह समेत गर्नु भयो । डा सुरेन्द्र कुमार यादवकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश महाेतरीका विभिन्न पालिकाका प्रमुख उप प्रमुख प्रदेश २का कानुन मन्त्री भरत प्रसाद साह ,मुख मन्त्री माे लालबाबु रात मन्त्री नबल किशाेर साह लगायत विभिन्न पार्टिका नेता तथा हजाराै स्थानियहरुकाे उपस्थिति रहेका थियाे ।









































































































