महोत्तरीमा एकजनामाथि छुरा प्रहार भएको छ ।महोत्तरीको रामगोपालपुर नगरपालिका–९ गोठबनौली निवासी ३० वर्षिय बलराम रायमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा बुधवार राति रायमाथि लोहारपटटी नगरपालिका–२ मध्यपुरा स्थित विग्ही पुलमा अज्ञात ब्यक्तिले छुरा प्रहार गरेका थिए ।छुरा प्रहारबाट गम्भीर घाइते रायको उपचारको लागि तत्कालै जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएको थियो ।यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टिचिंग अस्पताल काठमाडौं लगिएको छ ।अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा रायको पेट चिरिएको हो । हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।रायमाथि छुरा कसले किन प्रहार गरेको भन्ने खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए । दपब्लिक टुडे









































































































