साेनमा गाउँपालिकामा लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले वडा समिति गठन गरेका छन । लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्धारण गरेकाे कार्यक्रमलाइ निरन्तरता दिदै साेनमा गाउँपालिका वडा नम्बर १मा वडा कमिटि गठन गरेका छन । यस भन्दा पहिला वडा नम्बर ३मा वडा कमिटी कठन कार्यक्रम रहेकाे थियाे ।आज वडा नम्बर १कै श्री राम बाबू यादवकाे अध्यक्षतामा बैठक बसि वडा कमिटी गठन गरिएकाे छ । त्यस्तै परीक्षण ठाकुरकाे संयाेजकत्वमा ६१वडा सदस्य समिति गठन गरिएकाे नेता रामबाबु पंडितले जनाएका छन ।कार्यक्रममा प्रमुख अतिथिकाेरुपमा केन्द्रिय सदस्य श्री बिशेश्वर यादव उपस्थित रहेका थिए ।वडा कमिटी गठन कार्यक्रममा लोकतान्त्रिक युवा संघका श्री राम पुकार साहको संयोजकत्वमा ४१ सदस्य वाडा समिति गठन समेत गरियो ।









































































































