• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा पुरुषबाट मात्रै न भई महिलाबाट समेत महिला पिडित साँसद थापाले


महोत्तरीमा पुरुषबाट मात्रै न भई महिलाबाट समेत महिला पिडित साँसद थापाले

गोपाल झा
महोत्तरी,९ मंसिर
महोत्तरीमा पुरुषबाट मात्रै न भई महिलाबाट समेत महिला पिडित हुदैँ आएको प्रदेश साँसद शारदा थापाले बताएकि हुन् । पुरुषबाट हिंसा र पिडा पाईरहेकि महिलाहरु केहि हदसम्म महिलाबाट समेत पिडित भई रहेको उहाले बताएकि हुन । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जलेश्वरमा निकालिएको प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा उहाले सो कुरा बताईन ।
परिवारमा सासुबाट बुहारी,बुहारीबाट सासु,भाउजुबाट नन्द र नन्दबाट भाउजु पिडित हुनु परेको घटनाहरु समेत देखा परेको उहाले बताएकि हुन । श्रीमानबाट श्रीमति,ससुराबाट बुहारी,देवरबाट भाउजु पिडित भैरहेको घटना भैरहदा महिलाबाटै समेत महिला पिडित हुुनु यो दुर्भाग्यपुणर् भएको भन्दै उनले महिला हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको देशव्यापी नारा “घरैबाट सुरु गरौ,महिला हिंसा अन्त्य गरौ” भन्ने नारालाई चरितार्थ गर्न घरबाटै हिंसा रोक्न सवैले आजैबाट प्रतिवद्धता जनाउन आग्रह गरिन ।
राष्ट्रिय महिला आयोगको आयोजन र आरेक नेपाल,टिपिओ नेपाल,महिला सचेतना समुह,ईन्सेक लगायतका महोत्तरी स्थित विभिन्न संघसंस्थाको सह आयोजनमा भएको उक्त कार्यक्रममा अध्यक्षता गर्दै राष्ट्रिय महिला आयोगकि सदस्य जया घिमिरेले महोत्तरीमा विगत केहि समय भित्रै महिला विरुद्धको विभिन्न जघन्य घटनाहरु घटेको पाइएकोमा सवै निकाय यसप्रति गम्भिर भई यस्ता घटनाहरु पुनः हुन नदिन र भएका घटनाहरुमा समेत कडाईका साथ अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन सचेत गराईन । उनले बोक्सी आरोपमा महिलाको हत्या,मलमुत्र खुवाइएको,कुटपिट गरिएको घटनाहरु तथा नावालिकहरुलाई समेत बलात्कार गरिएको घटनाहरुमा राष्ट्रिय महिला आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउदै आफुहरु पिडितहरुको घर घरमै पुग्दा उनीहरुको असह्य पिडा देखेकोले यस्ता घटनाहरुका दोषीहरुले उन्मुक्ति नपाउने अपेक्षा रहेको बताईन ।
उनले जघन्य प्रकृतिका घटनाहरुमा दोषीलाई धरौटीमा छाडिदा पिडितमाथी अन्याय हुन सक्ने भएकोले यसप्रति सवै पक्ष गम्भिर हुनु पर्ने बताईन ।
यता एकडारा गाउपालिका,मनरा सिस्वा नगरपालिका र मटिहानी नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले समेत समाजमा विद्यमान अन्धविश्वास,कुरिती र कुसंस्कारका साथै महिलामाथी हुने विभिन्न प्रकारका हिंसात्मक घटनाहरु प्रति आफुहरु सजग रहेको बताउदै समाजबाटै यस्ता गलत कृयाकलाप हटाउन जनप्रतिनिधी,स्थानिय,प्रसासन,प्रहरी र अधिकारकर्मीहरु लगायतका सवै सरोकारवालाहरु ऐक्यवद्ध हुनु पर्ने बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी गुञ्जा राय विगतका विभिन्न महिला विरुद्धको घटनाहरुलाई सम्झदै केहि घटनामा प्रहरीबाट समेत कमि कमजोरीहरु भएको देखिएकोले प्रहरी पिडकको नभई पिडितलाई पिडकको नभई पिडितको हुन आग्रह गरिन । उनले निश्चयपनि पिडित भएर आउने सवै पिडित नहुन पनि सक्ने भएकोले प्रहरीले यथार्थमात्र अनुसन्धान गरि वाहिर ल्याईदिए त्यसले पिडितलाई निक्कै राहत पुग्ने बताईन । विभिन्न राजनितिकर्मीबाट समेत विभिन्न महिला हिंसाका र आपराधिक घटनाहरुमा महिला पिडितलाई दवाव र प्रभावमा पारी गाउमै मिल्न बाध्य पारिने गरिएकोले त्यसप्रति समेत राजनितिकर्मीहरु सचेत हुनु पर्ने आवश्यक रहेको बताईन । महोत्तरीमा बढ्दो महिला हिंसाका घटनाहरु,बलात्कार,बोक्सी काण्ड लगायतका घटनाले अझै महिलाहरुको हितमा धेरै काम गर्न तथा लडाई लड्न बाकि रहेको देखिन्छ ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु,विभिन्न पालिकाका अध्यक्ष,प्रमुख,उपाध्यक्ष,उपप्रमुख,जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय प्रमुखहरु तथा विभिन्न संघसंगठनका प्रतिनिधी तथा प्रमुखका साथै विद्यार्थी,शिक्षकका साथै सयौको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१० मंसिर २०७८, शुक्रबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१० मंसिर २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१० मंसिर २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१० मंसिर २०७८, शुक्रबार
Next Post
एमाले महाधिवेशनमा प्रधानमन्त्रीकाे सम्बाेधन

एमाले महाधिवेशनमा प्रधानमन्त्रीकाे सम्बाेधन

उपचार खर्च तिर्न नसकेर मण्डलले गरे आत्महत्या

उपचार खर्च तिर्न नसकेर मण्डलले गरे आत्महत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh