रामगाेपालपुर ,गते ।जनता समाजवादी पार्टीले संचालन गरेकाे सुज अभियानलाइ महाेतरीकाे विभिन्न स्थानमा जाेडताेडले निरन्तरता दिइरहेका छन ।महाेतरीकाे क्षेत्र नम्बर ४मा समय तालिमा निकालि सुज अभियानलाइ भव्य र सभ्यरुपले अगाडि बढाइरहेका छन ।सुज अभियानलाइ अगाडि बढाउन पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जाेडताेडले लागेका छन । महाेतरी क्षेत्र नम्बर ४काे विभिन्न स्थानमा पुगि कार्यक्रम गरिरहेका मन्त्री कुश्वाहाले रामगाेपालपुर नगरपालिका वडा नम्बर ३विर्तामा सुज अभियानलाइ निरन्तरता दिदै दुई काेठे समुदायिक भवनकाे उदघाटन गरेका छन । सुज अभियानमा उपस्थित सयाैकाे संख्यामा रहेकाे स्थानिय जनताहरुकाे उपस्थितिमा मन्त्री कुश्वाहाकाे संसदियकाेषद्वारा निर्मित धर्मशाला उदघाटन गरेका छन । रामगोपालपुर नगरपालिका ३ विर्ता स्थित संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) एवम् धर्मशालाको उद्घाटन आज गर्नुभएको छ ।
महा्ेत्तरीको निर्वाचन क्षेत्र नं. ४ ख को प्रदेश सभा सदस्य एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले आज उक्त धर्मशालाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहा , महोत्तरी जिल्ला सदस्य रबिन्द्र सिंह र क्षेत्रीय अध्यक्ष गगन देव यादव ,नापा रामगाेपालपुरकाे पार्टी संयाेजक शिवजि महताे नेता सुरेश यादव लगायत जसपाका सयकडाै कार्यकर्ता तथा जनताहरु उपस्थित रहेका थिए ।









































































































