• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सामुदायिक कृषि सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट ऋणी र बचतकर्ता सम्मानित


सामुदायिक कृषि सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट ऋणी र बचतकर्ता सम्मानित

रेडियो स्वागतम
महेन्द्रनगर,
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । महेन्द्रनगरमा कार्यालय संचालन गर्दै आएको सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारणसभा नक्टाझिजमा गरिएको छ । मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित मिथिला चौकमा रहेको सामुदायिक भवनको सभाहलमा साधारणसभा गरिएको छ ।
सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिका वडा नं.२ का वडाअध्यक्ष विहारी महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा संस्थाका ऋण उपसमितिका संयोजक राजेन्द्र महतोले स्वागत मन्तव्य राखेका थिए । यस्तै संस्थाका प्रबन्धक ललित कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त सामुदायिक कृषि सहकारी संस्थामा अहिले २ सय २१ महिला शेयर सदस्य र ४२० पुरुष शेयर सदस्य गरी जम्मा ६ सय ४१ जना शेयर सदस्य रहेका छन् । सो संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा नाफा तर्फ रु. १७ लाख ४ हजार ६ सय ५ रुपैयाँ आम्दानी गरेको संस्थाका प्रबन्धक ललित कुमार महतोले बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा हालसम्म संस्थाका शेयर रकम ५१ लाख ५३ हजार १ सय रहेको छ, भने बचतमा २ करोड ९ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ रहेको छ । यस्तै संस्थाले अहिले २ करोड ४८ लाख ८९ हजार ५ सय ८७ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । सामुदायिक कृषि सहकारी संस्थाले रेमिटान्सको कारोबारबाट ४ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ आम्दानी गरेको आयव्यय विवरणमा जनाएको छ । यता संस्थाले ऋण लगानीको व्याजबाट असारसम्ममा ३१ लाख ४७ हजार ९ सय १७ रुपैयाँ प्राप्त गरेको जनाएको छ । संस्थाले कोरोनाको समयमा लकडाउनको बेला ऋणीलाई व्याजमा २ लाख १० हजार ७ सय २५ रुपैयाँ छुट समेत दिएको छ ।
साधारणसभा कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष देवेन्द्र महतो, ऋण समिति संयोजक राजेन्द्र महतो, भुपु गाविस अध्यक्ष रामप्रसाद महतो, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, कांग्रेसका सुर्वण महतो, जसपाका वडा अध्यक्ष रामनाथ महतो, हिमालय बहुउद्देश्य सहकारीका संस्थाका अध्यक्ष धनिकलाल महतो, पत्रकार विनोद महतो लगायतले शुभकामना राखेका थिए । साधारणसभामा संस्थाको संचालक समिति, शेयरधनी, बचतकर्ता लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन टेक कुमार महतोले गरेका थिए ।
यसैबीच संस्थाको १०औं साधारणसभाको अवसरमा केही उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान समेत गरेको छ । संस्थाले उत्कृष्ट ऋणीमा नक्टाझिजका फुलेश्वर महतो, हरिहरपुरका सत्यनारायण महतो र नक्टाझिजकै गंगिया देवी राय कुर्मीलाई सम्मान सहित एक/एक थान डेक्ची प्रदान गरेको छ । यस्तै नियमित बचतकर्तामा आनन्दपुरका भागिरथ रविदास, नक्टाझिजका सुनिता महतो र देवशति महतोलाई डेक्ची प्रदान गरेर सम्मान गरेको जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२८ कार्तिक २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२८ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२८ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२८ कार्तिक २०७८, आईतवार
Next Post
महाेतरी र सर्लाहीकाे विभिन्न स्थानमा ११ विगहामा लगाइएकाे अवैध गाँजा खेती नष्ट

महाेतरी र सर्लाहीकाे विभिन्न स्थानमा ११ विगहामा लगाइएकाे अवैध गाँजा खेती नष्ट

प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

मुख्यमन्त्री राउतले मन्त्री रायलाई सरकारबाट फिर्ता बोलाउदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh