धर्मेन्द्र कुमार यादव- महोत्तरी,
साेनमा गाउँपालिकामा लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन । बितेकाे हिन्दुहरुकाे महान पर्व वडा दशै, दिपावली, तथा छठ पर्व लगायत समाचकेवा पर्वको उपलक्ष्यमा लोकतान्त्रीक समाजबादी पार्टी नेपाल सोनमा गाउपालिका द्वारा शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन भएका छन।
मधेशमा वैकल्पिक शक्तीका रुपमा अगाडि बढेका लोकतान्त्रीक समाजबादी पार्टी नेपालका सोनमा गाउपालिका कार्यसमितीको आयोजना भएका शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रममा विभिन्न राष्ट्रीय तथा स्थानिय कार्यकर्ता हरुले शुभकामना सहित आफ्नो मनत्व्य व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता लोकतान्त्रीक समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सोनमा गाउपालिकाका अध्यक्ष पदका प्रत्यासी नेता बिशेश्वर प्रसाद यादवले गरेका थिए भने प्रमुख अतिथी लोकतान्त्रीक समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य देवनरायन महतो, विशिष्ट अतिथीमा सोनमा गाउपालिकाका उपाध्यक्ष भिभा देबी साह, क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष उपेन्द्र महतो, केन्द्रीय सद्स्य सेवल महरा, युवा नेता नरेश यादव, लोसपा युवा संघका केन्द्रीय सदस्य दिपलाल महतो लगायत हजारौको संख्यामा नेता कार्यकर्ताहरु को उपस्थिती रहेका थिए।









































































































