• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ पदकसम्बन्धी विधेयक प्रमाणीकरण ,अब प्रदेश सरकारले पनि पदक वितरण गर्ने


प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिश

रासस-
प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका हुन् ।
यसअघि २०७७ २६ असोजमा पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा अहिराजसमक्ष प्रस्तुत गरिँदा उनले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । झाले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले त्यति बेला फिर्ता भएको सो विधेयक अहिले जस्ताको तस्तै प्रमाणीकरण भएको जानकारी दिए ।
उनले भने, ‘पहिला जुन विधेयक पारित भएको थियो, त्यही विधेयक हुबहु पारित भयो, यसमा कुनै कुरा थपघट वा परिमार्जन गरिएको छैन ।’ प्रदेश प्रमुखले प्रमाणीकरण गरेको उक्त विधेयकअनुसार विभिन्न १५ विधामा पदक प्रदान गर्ने व्यवस्था गरिएको छ ।
प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेधावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्या भूषण र प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ । यस्तै प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक र सामाजिक अभियन्ता पदकको समेत व्यवस्था गरिएको छ ।
आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बढाएका व्यक्तिलाई प्रदेश रत्न पदक दिइनेछ । अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्वल तारा पदक, प्रदेशको पहिचान, उत्थानको लागि योगदान पुर्‍याउने व्यक्तिलाई रमेश महतो पदक दिइनेछ । जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा पदक दिइनेछ ।
समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक विषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवा श्री पदक दिइनेछ ।
कला, भाषा, साहित्य, सङ्गीत, शिक्षा, खेलकुद विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेधावी पदक, प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधि गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई प्रदेश विद्या भूषण, इमानदारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक तथा शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट योगदान पुर्‍याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई प्रदेश शैक्षिक उत्कृष्ट पदक दिइनेछ ।
प्रदेश सरकारले मनोनीत गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई प्रदेश गौरव पदक, सङ्घीयता स्थापनाका लागि जीवन आहुती दिनेलाई प्रदेश विभूति पदक तथा विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदेश सुरवीर पदक प्रदान गरिनेछ ।
त्यसै गरी कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई प्रदेश किसान रत्न पदक, प्रदेशभित्रको पर्यटन क्षेत्रका विषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई पर्यटन शिखर पदक र सामाजिक सद्भाव छुवाछूत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई सामाजिक अभियन्ता पदक दिइनेछ ।
पदकसहित नगद पुरस्कारसमेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशि तथा नगद पुरस्कारसम्बन्धी अन्य व्यवस्थापछि तोकिने विधेयकमा उल्लेख गरिएकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१७ कार्तिक २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१७ कार्तिक २०७८, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१७ कार्तिक २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१७ कार्तिक २०७८, बुधबार
Next Post
मठमन्दिर तथा सार्बजनीक पोखरी प्रति एकडाराका जनप्रतिनिधीहरुको बेवास्ता छठ ब्रतका लगी पोखरी खोज्दै स्थानिय

मठमन्दिर तथा सार्बजनीक पोखरी प्रति एकडाराका जनप्रतिनिधीहरुको बेवास्ता छठ ब्रतका लगी पोखरी खोज्दै स्थानिय

दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh