• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गणेशमान नपा वडा नं. १ को कार्यालयमा लगाएको ताला खोल्ने सहमति, जग्गा नापी गरेर मात्र बाउण्ड्री निर्माण गरिने


गणेशमान नपा वडा नं. १ को कार्यालयमा लगाएको ताला खोल्ने सहमति, जग्गा नापी गरेर मात्र बाउण्ड्री निर्माण गरिने

रेडियो स्वागतम
महेन्द्रनगर, कार्तिक १६
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ छिहत्तर विघास्थित वडा कार्यालयमा लगाएको ताला खोल्ने सहमति भएको छ । वडा कार्यालयमा कम्पाउन निर्माणको क्रममा जग्गाको नापी जाँच नगरिकन पर्खाल निर्माण कार्य गर्न थालेपछि स्थानीयहरुले कार्तिक १५ गते सोमबार तालाबन्दी गरेको थियो ।
तालाबन्दी र पर्खाल निर्माणको विषयमा मंगलबार वडाका जनप्रतिनिधीहरुबीच छलफल भएपछि स्थानीयहरुका माग अनुसारै दिपावलीपछि जग्गाको नापी गराउने निर्णय गर्दै मंगलबारदेखि नै ताला खोलाउने सहमति भएको वडाअध्यक्ष रामसुक यादवले जानकारी दिएका छन् । वडा कार्यालय भवनको लागि स्थानीय उतिचन यादवले १५ धुर जग्गा उपलब्ध गराएको थियो ।
अहिले सो जग्गामा वडा कार्यालयको एक तल्ले भवन बनेर संचालनमा आइसकेको छ । वडा कार्यालयको अगाडी कम्पाउण्ड निर्माणका लागि केही दिनदेखि उपभोक्ता समितिले बाउण्ड्री दिन थालेपछि स्थानीयहरुले अमिन लगाएर १५ धुर जग्गा नापी गरेर मात्र बाउण्ड्री निर्माण गर्न कार्तिक ३ गतेदेखि माग गर्दै आएका थिए । तर मागप्रति कुनै सुनवाई नभएपछि स्थानीयहरुले कार्तिक १५ गते वडा कार्यालयको मुल गेटमा तालाबन्दी गरेको थियो । यता वडा अध्यक्ष यादवका अनुसार अब १५ धुर जग्गा नापी गरेर स्थानीयहरुकै सहमतिमा बाउण्ड्री निर्माण गरिनेछ ।
स्थानीयहरुका अनुसार जग्गादाता उतिचन यादवका छोरा एवं वडा सदस्य जित कुमार यादवले जग्गा नापी नगरिकन जबरदस्ती बाउण्ड्री निर्माण गर्न लगाएका थिए । वडाअध्यक्ष लगायत अन्य जनप्रतिनिधी र वडाबासीको मागलाई वेवास्ता गर्दै वडा सदस्य जितकुमार यादवले उपभोक्ता समिति मार्फत बलजबरजस्ती जग्गा नापी नगर्दै बाउण्ड्री निर्माण गर्न लगाएपछि विरोध भएको थियो । सो बाउण्ड्री निमार्णको लागि २ लाख ५० हजार रुपैयाँ छुटयाइएको छ ।
तर पालिकाबाट बाउण्ड्री निर्माणको लागि कार्यादेश समेत नलिई इस्टीमेटकै भरमा उपभोक्ता समितिले निर्माण कार्य गर्न थालेपछि जनप्रतिनिधी र उपभोक्ता समितिको विरुद्धमा चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि हालको लागि बाउण्ड्री निर्माण कार्य रोकिएको वडाअध्यक्ष यादवले बताएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१७ कार्तिक २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१७ कार्तिक २०७८, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१७ कार्तिक २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१७ कार्तिक २०७८, बुधबार
Next Post
महेन्द्रनगरमा नक्कली चुरोट खुलेआम बिक्री

महेन्द्रनगरमा नक्कली चुरोट खुलेआम बिक्री

प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिश

प्रदेश २ पदकसम्बन्धी विधेयक प्रमाणीकरण ,अब प्रदेश सरकारले पनि पदक वितरण गर्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh