• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शिक्षाको अधिकारबारे मिथिला नगरपालिकामा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया, शिक्षामा बजेट अभाव, तर जनप्रतिनिधीहरु भ्रमणमा पैसा उडाउँदै


शिक्षाको अधिकारबारे मिथिला नगरपालिकामा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया, शिक्षामा बजेट अभाव, तर जनप्रतिनिधीहरु भ्रमणमा पैसा उडाउँदै

रेडियो स्वागतम
महेन्द्रनगर, असोज २२ ।

धनुषाको मिथिला नगरपालिका ढल्केवरमा शुक्रवार शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार समूहका नगर अध्यक्ष सिताराम महतोको अध्यक्षता तथा मिथिला नगरपालिका शिक्षा शाखाकी प्रमुख सीता काफ्लेको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को कार्यालयको आयोजना सो अन्तरक्रिया गरिएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा सामुदायिक विद्यालयहरुमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठन पाठन प्रभावित वक्ताहरुले बताएका छन् । मिथिला नगरपालिका भित्र रहेका मावि स्तरका विद्यालयहरुमा दरबन्दी अनुसार शिक्षक नहुँदा अध्ययन अध्यापन कार्य प्रभावित भएको विद्यालयका शिक्षक र विद्यार्थीहरुले बताएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यममा समेत कक्षाहरु संचालन गर्न थालेपछि विद्यार्थीहरुको संख्या ह्वातै बढेपछि पढाउने शिक्षक र कक्षा कोठाको अभाव भईरहेको विद्यालयका प्राधानाध्यापकहरुले बताएका छन् । विद्यार्थीको संख्या र चाप अनुसार शिक्षक नभएको, विगत देखि नै शिक्षक दरबन्दी मिलान गर्न माग गर्दा पनि नगरपालिकाले शिक्षक नदिएको भन्दै प्राधानाध्यापकहरुले गुणस्तरिय शिक्षा कसरी दिने भन्दै प्रश्न गरेका छन् ।
यता विद्यालयमा विद्यार्थीको चाप बढेको छ, एउटै डेष्क, बेन्चमा ६ देखि ७ जना बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा कक्षा कोठाको अभावमा सेक्सन र जोर विजोर प्रणलीमा कक्षा संचालन हुँदा आफुहरुको पढाइ प्रभावित भएको र एउटै कक्षाकोठामा सयौं जना विद्यार्थी भएपनि गर्मीयाममा समेत पंखा नभएर उखरमाउलो गर्मी खेप्दै पढ्नुपर्ने बाध्यता रहेको भन्दै यी सबै समस्याहरुको समाधानका लागि पहल गरिदिन विद्यार्थीहरुले आग्रह गरेका थिए । विद्याथीहरुले विद्यालयमा खोपानी, सरसफाइ, स्वच्छता, स्यानेटरी प्याड लगायतको कुरा समेत उठाएका थिए ।
जवावमा मिथिला नगरपालिका शिक्षा शाखाकी प्रमुख सीता काफ्लेले विद्यालयमा शिक्षक अभाव रहेको स्वीकार गर्दै नगरपालिकासंग समन्वय गरेर बजेट वा शिक्षक व्यवस्थापन गर्न सकिने बताईन् । तर अपसोेच यस वर्ष भौतिक विकास लगायत शिक्षामा नगरपालिकाले बजेट छुट्याउन नसकेको प्रति उनी दुखेसो समेत पोखिन् । शिक्षा प्रमुख काफ्लले विद्यालयमा कक्षा कोठाको अभाव नरहेको दावी गर्दै प्रधानाध्यापकहरुले त्यसको व्यवस्थापन गर्नुपर्ने बताईन् । शिक्षक दरबन्दी मिलानका लागि आफुहरुले पनि पहल जारी राखेको तर समय लाग्न सक्ने उनले संकेत गरिन् । विद्यार्थी संख्याको आधारमा शिक्षक संख्या निकै कम रहेको भन्दै उनले नगरपालिकामा मावि तहमा जम्मा १९ वटा शिक्षकको दरबन्दी मात्र स्वीकृत रहेको बताईन् । उनले जनता मावि नक्टाझिज, सार्वजनिक नमुना मावि बेंगाडाबर र महेन्द्र मावि ढल्केवरमा मात्र रहेको भन्दै पछिबाट प्रस्तावित भएका माविहरुमा हाल १/१ जना मात्र शिक्षकको दरवन्दी जानकारी गराईन् । शिक्षक दरबन्दी मिलान कार्यविधी २०७६ का अनुसार नगरपालिकामा कार्यदल गठन गरी पालिकाभरिको विद्यालयमा शिक्षक दरवन्दी मिलान गर्दा पनि नपुगेको शिक्षा प्रमुख काफ्लेको भनाई थियो । उनले नगरपालिकाबाट विद्यालयहरुलाई गुणस्तरी प्याड नै उपलब्ध गराएको बताउँदै अरु सरसफाइ र खानेपानीको व्यवस्था विद्यालयले स्रोत जुटाएर गर्नुपर्ने भनिन् ।
हाल विद्यार्थीको चाप अत्यधिक भएको र कक्षाकोठाको अभावमा केही विद्यालयले जोर विजोर प्रणालीबाट कक्षा संचालन गर्दै आएको छ । यता मिथिला नगरपालिकामा रहेको २८ वटा सामुदायिक विद्यालयमा नै बजेट अभावमा विद्यार्थीहरुले शिक्षक र कक्षा कोठा, पंखाको अभाव झेल्दै पढ्न बाध्य भएका छन् । विद्यालय सुधार, पढाईको गुणस्तरीयता, करारमा शिक्षक नियुक्तीका लागि बजेट अभाव पनि नगरपालिकाका जनप्रतिनिधिलाई भन्ने भ्रमण र अन्य खर्चबर्चमा बजेट अभाव नरहेको देखिएको छ । शिक्षामा बजेट अभावले विद्यार्थी समस्या झेल्न बाध्य छन् भने जनप्रतिनिधीहरु अनावश्यक भ्रमण गरेर बजेट दुरुपयोग गर्दै आईरहेको अभिभावकहरुको गुनासो छ ।
यता विद्यालयमा टाइम टाइममा पढाइ लेखाई र शिक्षाको गुणस्तरीयता अनुगमन गरिदिन जनता मावि नक्टाझिजको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोले मिथिला नगरपालिका शिक्षा शाखा प्रमुख सीता काफ्लेलाई ध्यानाकर्षण समेत गराएका थिए ।
सो अन्तरक्रिया कार्यक्रममा ईन्सेक प्रदेश २ कार्यालयका प्रमुख राजु पासवान, जनता मा.वि.नक्टाझिजका व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतो, प्राधानाध्यापक श्याम कुमार यादव, महेन्द्र मा.वि.ढल्केवरका प्रधानाध्यापक रामकुमार महतो, जनता मा.वि. हरिहरपुरका प्रधानाध्यापक अनुप कुमार झा, राष्ट्रिय आधारभूत विद्यालयका सुग्जोरका प्रधानाध्यापक शत्रुधन महतो, जनता मा.वि. नक्टाझिजका शिक्षक एवं बाल क्वल संरक्षक विश्वनाथ महतो, शिक्षक भरतलाल महतो, व्यवस्थापन समितिका सदस्य रामपुकार महतो, महिला सदस्य रंजिता, सिकिल, रेडियो स्वागतमका समाचार संयोजक विनोद महतो, बाल नगरस्तरीय बाल क्लवका दिवेश कुमार महतो, मिथिला नगरपालिका ७ का रिता योन्जन लगायत अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२२ आश्विन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२२ आश्विन २०७८, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२२ आश्विन २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२२ आश्विन २०७८, शुक्रबार
Next Post
पिछडा वर्ग पत्रकार महासभाले मैथिली बिरोधी कार्य गरेकोले केन्द्रीय सह- संयोजकद्वारा राजिनामा

पिछडा वर्ग पत्रकार महासभाले मैथिली बिरोधी कार्य गरेकोले केन्द्रीय सह- संयोजकद्वारा राजिनामा

विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh